नेपाली काँग्रेस मनाङद्वारा र्यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो

मर्स्याङदी समाचार, ०२ मसिर ।
नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको विशेष उपस्थितिमा मनाङको नासोङ गाउँपालिका–१, म्यार्दी नाका क्षेत्रदेखि मोटरसाइकल र्यालीसहित शालिक सदरमुकाम चामे पुर्याइएको हो ।
नेपाली काँग्र्रेसका संस्थापक नेता बिपि कोईरालाको स्मृतिमा मनाङ सदरमुकाम चामेमा विपि स्मृति भवन निर्माण भएको र विपिको उपस्थितीलाई जिवित राख्न कार्यालय परिसरमा विपिको शालिक राख्न लागिएको नेका केन्द्रिय सदस्य टेकबहादुर गुरुङले बताउनुभयो । काँग्रेस जहिलेपनि विपिको आदर्श र सिद्धान्तमा रहेको भन्दै नेता गुरुङले बिपिको शालिकले आम मनाङका काँग्रेसीजनहरुमा इमान्दारिता र कर्तव्यनिष्ट हुन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला प्रवेश गरेसँगै म्यार्दीमा फुल माला अर्पण गरी मोटरसाईकल र्यालीसहित शालिक यात्रा भएको हो । कांग्रेससम्बद्ध युवाहरुको सक्रिय सहभागितामा निकालिएको र्याली पार्टी कार्यालय परिसर चामेसम्म पुगेको थियो । विपिको शालिकलाई चामेस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय परिसरमा स्थापना गरिने मनाङ काँग्रेसले जनाएको छ ।
चामेमा नेपाली काँग्रेसले आफ्नै कार्यालय भवन निर्माण गरीसकेको छ । निर्माण सम्पन्न चरणमा रहेको सो भवन निकट भविष्यमा केन्द्रिय नेताको उपस्थितीमा औपचारिक कार्यक्रममार्फत पार्टी कार्यालयको उद्घाटन गर्ने तयारी जारी रहेको मनाङ कांग्रेसले जनाएको छ । पार्टी नेतृत्वका अनुसार शालिक स्थापना तथा कार्यालय उद्घाटन कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ ।
र्यालीमा केन्द्रिय सदस्य गुरुङसहित जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रिय एवं विभिन्न स्थानिय तह कार्यसमितिका पदाधिकारीहरु, भातृसंगठनका प्रमूख एवं पदाधिकारी र कार्यकर्ताहरुको सहभागिता रहेको थियो । चामे पुर्याईएको उक्त शालिक बुधबार औपचारिक साईत हेरी कार्यालय परिसरमा स्थापना गरिने नेपाली काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती
मर्स्याङदी समाचार, १७ कातिक । लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा
मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क

तीन जिल्लालाई जोडेर गण्डकी साहित्य चक्र निर्माण गर्नुपर्छ : राष्ट्रपती पौडेल
मर्स्याङदी समाचार, २२ बैसाख । राष्ट्रपती रामचन्द्र पौडेलले लमजुङ, तनहुँ र कास्कीलाई जोडेर गण्डकी साहित्य चक्र निर्माणको लागि आग्रह गर्नुभएको छ ।








प्रतिकृया दिनुहोस