आगामी प्रतिनिधी सभा निर्वाचनमा गठबन्धन गर्ने रास्वपा प्रवक्ता झाको भनाई

मर्स्याङदी समाचार ।
गत निर्वाचनमा गठबन्धनको विरोधीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अबको निर्वाचनमा आफैं गठबन्धनमा जाने भएको छ । सो पार्टीका प्रवक्ता मनिष झाले अब हुने प्रतिनिधि सभाको निर्वाचनमा विचार मिल्ने पार्टीहरुसँग गठबन्धन गर्ने बताउनुभएको हो ।
शनिबार सदरमुकाम बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै झाले चार÷पाँचवटा राजनीतिक दलसँग चुनावी तालमेल गर्नेरी छलफल भैरहेको बताउनुभयो । कुलमान, बालेन, हर्क र मधेशमा रहेका केही दलसँग तालमेल गरेर चुनावमा जाने तयारी गरेका प्रवक्ता झाको भनाई थियो । अहिले विषम परिस्थिती रहेकाले चुनावमा तालमेल गर्नुपर्ने अबस्था आएको प्रवक्ता झाको स्पष्टोक्ती थियो ।
रास्वपाको गठबन्धन नगर्ने नीति होइन र ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता झाले पूराना राजनीतिक दलहरुलाई छेक्न पनि गठबन्धन आवश्यक भएको जिकिर गर्नुभयो । उहाँले पार्टीको गठबन्धन नगर्ने लिखित दस्तावेजलाई परिमार्जन गर्ने बताउनुभयो ।
तोकिएको मितिमा निर्वाचन हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको र चुनावको लागि राजनीतिक रुपमा तयारी गरिरहेको बताउनुभयो । सबैले निर्वाचन हुँदैन भन्दै गएभने निर्वाचन नहुने दिशामा जान्छ तर निर्वाचन हुन्छ, भन्ने पक्षमा गएर निर्वाचन गर्नेुपर्ने उहाँको तर्क थियो ।
उहाँले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपनि चुनाव नविथोलियोस भनेर आलोचना गर्न नसकेको बताउनुभयो । केही राजनीतिक दलले सर्वपक्षिय सरकार बनाउनुपर्ने धारणा राखेपनि त्यसको स्पष्ट खाका दिन नसकेको उहाँको भनाई थियो । सर्वपक्षिय सरकारका लागि कसैले स्पष्ट खाका दिए त्यस विषयमा छलफल गर्न सकिने उहाँले संकेत गर्नुभयो ।
पार्टीमा नेता सुमना श्रेष्ठले नेतृत्वको र सन्तोष परियारले सिद्धान्तको विषयमा कुरा नमिलेर पार्टी छोड्नुभएको बताउँदै नेता झाले पार्टीमा छोड्ने भन्दा जोडिनेको संख्या धेरै रहेको बताउनुभयो । उहाँले जेनजी आन्दोलनका बेला पार्टी सभापति रवि लामिछानेलाई कारागारमा लिन जानु पार्टीको गम्भीर भूल भएको स्वीकार गर्नुभयो ।
प्रतिनिधिसभा निर्वाचनका लागि एमाले लमजुङद्वारा केन्द्रिय उपाध्यक्ष सहित छ जनाको नाम सिफारिस
मर्स्याङदी समाचार, २० पुस । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष

एमाले महाधिवेशन प्रतिनिधिको लागि लमजुङमा ४० जनाको उम्मेदवारी
मर्स्याङदी समाचार, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट १० जना प्रतिनिधि छनोट

राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर अन्तर्गत दुईवटा वडाको अधिवेशन सम्पन्न
मर्स्याङदी समाचार, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहर नगरपालिका अन्तर्गत दुईवटा वडाको अधिवेशन एकैसाथ सम्पन्न गरेको छ । बेसीशहर








प्रतिकृया दिनुहोस