Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर अन्तर्गत दुईवटा वडाको अधिवेशन सम्पन्न

SITENAME

मर्स्याङदी समाचार, ८ मंसिर । 
राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहर नगरपालिका अन्तर्गत दुईवटा वडाको अधिवेशन एकैसाथ सम्पन्न गरेको छ । बेसीशहर नगरपालिका वडा नम्वर ३ र ९ कार्यसमितिको अधिवेशन गरेको हो । 


राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय प्रवक्ता मनिष झाको प्रमूख आतिथ्यतामा औपचारिक कार्यक्रम सहित दुईवटा वडाको अधिवेशन सम्पन्न गरेको हो । अधिवेशन उद्घाटन सत्रमा रास्वपा केन्द्रिय सदस्य धर्म केसी, जिल्ला सभापती अशोक सापकोटा, उपसभापती प्रकाश थापा लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको थियो । 


अधिवेशनले रास्वपा बेसीशहर–३, वडा कार्यसमितिमा नारायण घिमीरेको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतीमा इन्द्रबहादुर थापा, सचिवमा राजकुमार भण्डारीलाई चयन गरेको छ । त्यसैगरी वडा समिति सदस्यहरुमा सिता श्रेष्ठ, हरी बहादुर थापा, रामबहादुर परियार, अक्कलबहादुर खड्का, टेकबहादुर थापा, सिर्जना परियार, बुद्धिबहादुर अधिकारी, रामजी दुलाल लगायत रहेका छन् ।


त्यसैगरी अधिवेशनले रास्वपा वडा नम्वर ९को वडा सभापतीमा श्याम अर्याललाई चयन गरेको छ । सो समितिको उपसभापतीमा सन्तोश गुरुङ, सचिवमा जुना थापा चयन भएका छन् । वडा नम्वर ९को वडा समिति सदस्यहरुमा तोपबहादुर गुरुङ, सन्तोष गुरुङ, तुलबहादुर दुलाल, विमाया परियार, जुनराज श्रेष्ठ, राजकुमार परियार, महेन्द्र अर्याल, रामबहादुर खत्री र बमबहादुर अधिकारी चयन भएका छन् । 


आसन्न प्रतिनिधी सभा निर्वाचन तयारीसँगै रास्वपाले जिल्ला भित्रका स्थानिय तहका समितिहरुरुको अधिवेशनलाई पनि तिव्रता दिने जनाएको छ । अधिवेशनको सारगर्मीसागै फागुन २१ मा हुने प्रतिनिधी सभा निर्वाचनमा जिल्लकै पहिलो पार्टी बनाउने लक्ष्य राखिएको रास्वपा लमजुङका सभापती अशोक सापकोटाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा निर्वाचनका लागि एमाले लमजुङद्वारा केन्द्रिय उपाध्यक्ष सहित छ जनाको नाम  सिफारिस

मर्स्याङदी समाचार, २० पुस ।  नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष

SITENAME

एमाले महाधिवेशन प्रतिनिधिको लागि लमजुङमा ४० जनाको उम्मेदवारी

मर्स्याङदी समाचार, १० मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट १० जना प्रतिनिधि छनोट

SITENAME

आगामी प्रतिनिधी सभा निर्वाचनमा गठबन्धन गर्ने रास्वपा प्रवक्ता झाको भनाई

मर्स्याङदी समाचार ।  गत निर्वाचनमा गठबन्धनको विरोधीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अबको निर्वाचनमा आफैं गठबन्धनमा जाने भएको