एमाले महाधिवेशन प्रतिनिधिको लागि लमजुङमा ४० जनाको उम्मेदवारी

मर्स्याङदी समाचार, १० मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट १० जना प्रतिनिधि छनोट हुने भएका छन् । सदस्यताको आधारमा १० जना प्रतिनिधि छनोट हुने भनिएता पनि महाधिवेशन प्रतिनिधिको लागि लमजुङमा कोटाभन्दा धेरै आकांक्षीहरु भएपछि मतदान हुने देखिएको छ ।
बुधवार देशैभर प्रतिनिधि चयनको काम भइरहेको छ । सोहि कार्यतालिका बमोजिम बुधवार एमाले जिल्ला पार्टी कार्यालय लमजुङमा प्रतिनिधिका आकाङ्कक्षीहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको लागि लमजुङबाट खुल्ला तर्फ ४ जना, महिलातर्फ ३ जना, दलिततर्फ २ जना र युवा क्लस्टरबाट एक जना प्रतिनिधि चयन हुने एमाले लमजुङले जनाएको छ । कुल १० जना चयन हुनेमा बुधवार ४० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको एमाले जिल्ला कमिटि अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार खुल्लातर्फ २१ जना, महिलातर्फ १० जना, दलितमा ५ जना र युवातर्फ ४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
यसैगरी लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवं अनेमानसंघका केन्द्रीय अध्यक्ष टुका हमाल, एमाले केन्द्रीय सदस्य जमीन्द्रमान घले, डा.भिष्म अधिकारी, कल्पना थापा, केन्द्रीय अनुसासन समितिका सदस्य मायानाथ अधिकारी स्वतः महाधिवशेन प्रतिनिधि हुने पार्टी जिल्ला अध्यक्ष विष्टले बताउनुभयो ।
महाधिवेशन प्रतितिनिधि छनौटको कार्यतालिका अनुसार मनोनयन दर्ताको समय बुधवार साँझ ४ बजेसम्म रहेको थियो । मंसिर १२ गते शुक्रवार साँझ ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहको एमाले जिल्ला कमिटि सदस्य एवं कार्यालय सचिव सरोज विश्वकर्माले जानकारी दिनुभयो ।
मनोनयन गरेका सबै उम्मेदवारबीच छलफल गरि जिल्लामा सकेसम्म सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोटको प्रयास गरिने एमालेले जनाएको छ । यद्यपी सर्वसम्मत नभएमा आगामी मङ्सिर १३ गते शनिवार मदतान प्रक्रियाबाट प्रतिनिधि निर्वाचित गरिने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि एमाले लमजुङद्वारा केन्द्रिय उपाध्यक्ष सहित छ जनाको नाम सिफारिस
मर्स्याङदी समाचार, २० पुस । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर अन्तर्गत दुईवटा वडाको अधिवेशन सम्पन्न
मर्स्याङदी समाचार, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहर नगरपालिका अन्तर्गत दुईवटा वडाको अधिवेशन एकैसाथ सम्पन्न गरेको छ । बेसीशहर

आगामी प्रतिनिधी सभा निर्वाचनमा गठबन्धन गर्ने रास्वपा प्रवक्ता झाको भनाई
मर्स्याङदी समाचार । गत निर्वाचनमा गठबन्धनको विरोधीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अबको निर्वाचनमा आफैं गठबन्धनमा जाने भएको








प्रतिकृया दिनुहोस