प्रतिनिधिसभा निर्वाचनका लागि एमाले लमजुङद्वारा केन्द्रिय उपाध्यक्ष सहित छ जनाको नाम सिफारिस
मर्स्याङदी समाचार, २० पुस ।
नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित छ जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिबार बेसीशहरमा बसेको बैठकले उपाध्यक्ष गुरुङसहित छ जनाको नाम केन्द्रमा सिफारिश गरेको हो ।
केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित केन्द्रीय सदस्य जमीन्द्रमान घले, केन्द्रीय सदस्य कृष्णप्रसाद अधिकारी, नेकपा एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडी, महिलामा केन्द्रीय सदस्य भगवती थापा (कल्पना) र एमाले गण्डकी प्रदेश सचिवालय सदस्य लक्ष्मीदेवी अधिकारीलाई उम्मेद्वारको रुपमा पार्टीले केन्द्रमा सिफारिश गरेको नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो ।
केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ यसअघि २०७९ मा भएको निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभामा तत्कालिन नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मत अन्तरले पराजित गर्दै निर्वाचित हुनु भएको थियो । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गर्नु भएको थियो । उहाँ हालै सम्पन्न भएको पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुनु भएको थियो ।
त्यसैगरी सिफारिश हुनु भएको केन्द्रीय सदस्य जमीन्द्रमान घले यसअघि २०७० मा लमजुङको क्षेत्रनम्बर १ को ‘क’ बाट सविधानसभामा निर्वाचित हुनु भएको थिया भने प्रदेश सचिव धनञ्जय दवाडी २०७४ मा सोही क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनु भएको थियो ।
नेकपा एमालेले समानुपातिक सूचिमा लमजुङबाट महिला तर्फ अखिल नेपाल महिलासंघका केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल र जनजाती तर्फ प्रेमबहादुर घलेलाई सिफारिश गरेको छ ।

एमाले महाधिवेशन प्रतिनिधिको लागि लमजुङमा ४० जनाको उम्मेदवारी
मर्स्याङदी समाचार, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङबाट १० जना प्रतिनिधि छनोट

राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर अन्तर्गत दुईवटा वडाको अधिवेशन सम्पन्न
मर्स्याङदी समाचार, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले बेसीशहर नगरपालिका अन्तर्गत दुईवटा वडाको अधिवेशन एकैसाथ सम्पन्न गरेको छ । बेसीशहर

आगामी प्रतिनिधी सभा निर्वाचनमा गठबन्धन गर्ने रास्वपा प्रवक्ता झाको भनाई
मर्स्याङदी समाचार । गत निर्वाचनमा गठबन्धनको विरोधीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अबको निर्वाचनमा आफैं गठबन्धनमा जाने भएको








प्रतिकृया दिनुहोस