३० औं सिर्जना कपको उपाधि बौद्धशान्ती पोखरालाई

मर्स्याङदी समाचार, ५ माघ ।
मस्र्याङदी गाउँपालिका वडा नं. ६ ठुलिबेसीमा आयोजित ३० औ सिर्जना कप सेभन ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि बौद्ध शान्ति युथ क्लब पोखराले हात पारेको छ । रामघाट फुटबल क्लब पोखरा र बौद्ध युथ क्लब पोखराविच शनिवार भएको फाइनल खेलमा दुईका विरुद्ध तीन गोल गर्दै बौद्ध शान्ति युथ क्लब पोखराले ३० औ सिर्जना कपको उपाधि जितेको हो ।
विजताले बौद्ध शान्तिले ट्रफि, मेडल र नगद १ लाख ५० हजार पुरस्कार हात पारेको छ भने उपविजेता रामघाटले नगद ७५ हजार रुपैया पुरस्कार पाएको छ ।
सेमिफाइनल प्रवेश गरेका शान्ति दिप युथ क्लब दिङदिङ र दिपज्योति युथ क्लब लामपाटालाई १५÷१५ हजार रुपैया पुरस्कार प्रदान गरिएको क्लबका उपाध्यक्ष करण थापाले बताउनुभयो । प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई प्रदेश सभा सदस्य पार्वती तामाङ र क्लबका अध्यक्ष देवीराज अधिकारीले पुरस्कार वितरण गर्नुभएको हो । क्लबका सचिव रामप्रसाद परियारले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा उपाध्यक्ष करण थापाले स्वागत गर्नुभएको थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता थियो । र सिर्जना युवा क्लवले ओझेलमा परेका स्थानिय प्रतिभाशाली खेलाडिहरुको प्रतिभा उर्जागार गर्न, युवाहरुमा अनुशासन र स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्न र स्थानिय कला,संस्कृति र ठाडो भाकाको संरक्षण गर्ने उद्धेश्यले सिर्जना कप सँगै विविध कार्यक्रम सहित मेलाको आयोजना गरेको थियो । उपयुक्त खेलमैदान तथा संरचनाको अभावमा पनि क्लवले ठुलीबेसी र सिगो पालिकाको पहिचानको रुपमा सिर्जना कप सँगै माघी मेलालाई निरन्तरता दिदै ३० औ संस्करणमा ल्याएको जनाएको छ ।

प्रथम टुर दि लमजुङको टी–सर्ट र ब्याग सार्वजनिक
मर्स्याङदी समाचार, २२ भदौ । लमजुङ साइकलिङ संघको आयोजनामा आगामी असोज २, ३ र ४ गते आयोजना हुने प्रथम टुर दि लमजुङ–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ

पर्यटन प्रवर्द्धनका लागि लमजुङमा कोरा साइकल यात्रा
मर्स्याङदी समाचार, २ साउन । लमजुङको पर्यटन प्रवर्द्धनका लागि कोरा साईकिलिङ यात्रा भएको छ । लमजुङ साइकल संघको ब्यबस्थापनमा जिल्लाको ऐतिहासिक एवं
पाँचौ मालिङ कप को उपाधी अरुण स्मृतिले जित्यो
मर्स्याङदी समाचार, ८ चैत । क्व्होलासोथार गाउँपालिका वडा न २ मालिङमा सम्पन्न पाँचौ मालिङ सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि अरुण स्मृति








प्रतिकृया दिनुहोस