पाँचौँ राइनास कपको उपाधी आयोजककै पोल्टामा

बसन्ता भट्ट बानिया, ७ माघ ।
पाँचौँ राइनास कप २०८२ को उपाधि आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समिति अर्थात् राइनास ११ ले जितेको छ । गत वर्षको राइनास कपको विजेता तार्कघाट युनेस्कोलाई हराउदै राइनास ११ ले पाँचौ राइनास कपको उपाधी जितेको हो ।
तार्कुघाट युनेस्को र आयोजक राइनास ११ विच मंगलबार भएको फाइनल खेलमा शुन्यका विरुद्ध एक गोल गर्दै आयोजकले जित हात पारेको हो । विजेता आयोजक टिमले ५ लाख रुपैया पुरस्कार राशी सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता तार्कुघाटले २ लाख ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
उक्त खेलमा एक मात्र निर्णायक गोल गरेका राइनास ११ का लिलिजंग तामाङ म्यान अफ दि म्याच घोषित भए । उनलाई २५ सय नगद पुरस्कार र मायाको चिनो दिइएको छ । फाइनल खेलमा गोल गर्न सफल तामाङलाई शोभा पन्थिले हौसला प्रदान गर्दै व्यक्तिगत रुपमा नगद १५ सय पुरस्कार प्रदान गर्नुभएको छ ।
प्रतियोगिता अवधिभर ३ गोल गरी आयोजक गौलिटार क्षेत्रिय खेल मैदान समिति(राइनास ११) का सञ्जय श्रेष्ठले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन् भने अयोजक टिमकै सन्दीप रानामगर सर्वोत्कृष्ट खेलाडी र रमेश श्रेष्ठले उत्कृष्ट गोलकिप्परको उपाधि हात पारेका छन् । तिनै जना खेलाडीले जनही १५ हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र दिइएको खेल संयोजक एवं समितिका पुर्वअध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।
राइनास नगरपालिका ६ स्थित गौलिटार क्षेत्रिय खेलमैदानमा माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १० टिम सहभागी थिए । फाइनल खेलमा राइनास नगरपालिकाका प्रमुख खड्गवहादुर गुरुङको उपस्थिती रहेको थियो ।
प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाई राइनास ६ का वडा अध्यक्ष गोविन्द चिलुवाल, ९ का वडा अध्यक्ष लुविन्द्र गुरुङ, आयोजक गौलिटार क्षेत्रिय खेल मैदान समिति अध्यक्ष टकेन्द्रराज चिलुवाल, पुर्व अध्यक्ष किरण श्रेष्ठ, समितिका पदाधिकारीहरुले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
आयोजक समितिका सचिव प्रदिप जंग गुरुङले सञ्चालन गर्नुभएको पुरस्कार वितरण कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष सरोज तामाङ(लिला) ले स्वागत गर्नुभएको थियो ।
गौलिटार क्षेत्रिय खेलमैदान समितिले राइनास नगरपालिकाको सहयोगमा आयोजना गरेको पाँचौ राइनास कप सफल बनाउन देश विदेशमा रहेका राइनास बासी सँगै अन्य विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए । प्रतियोगिता सञ्चालनका लािग सहयोग गर्ने स्थानिय आमा समूह, सहयोगि व्यक्ति तथा संघ सस्थालाई समितिले सम्मान गरेको थियो ।

प्रथम टुर दि लमजुङको टी–सर्ट र ब्याग सार्वजनिक
मर्स्याङदी समाचार, २२ भदौ । लमजुङ साइकलिङ संघको आयोजनामा आगामी असोज २, ३ र ४ गते आयोजना हुने प्रथम टुर दि लमजुङ–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ

पर्यटन प्रवर्द्धनका लागि लमजुङमा कोरा साइकल यात्रा
मर्स्याङदी समाचार, २ साउन । लमजुङको पर्यटन प्रवर्द्धनका लागि कोरा साईकिलिङ यात्रा भएको छ । लमजुङ साइकल संघको ब्यबस्थापनमा जिल्लाको ऐतिहासिक एवं
पाँचौ मालिङ कप को उपाधी अरुण स्मृतिले जित्यो
मर्स्याङदी समाचार, ८ चैत । क्व्होलासोथार गाउँपालिका वडा न २ मालिङमा सम्पन्न पाँचौ मालिङ सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि अरुण स्मृति








प्रतिकृया दिनुहोस