Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

साहित्यकार मिश्रको ‘भजनागोः शिव महिमा’ भजन सार्वजनिक 

SITENAME

मर्स्याङदी समाचार, ३ फागुन । 
सामाजिक कार्य र साहित्य क्षेत्रमा क्रियाशिल लमजुङका लक्ष्मी प्रसाद मिश्रको भजनागोः शिव महिमा सार्वजनिक भएको छ । साहित्यकार मिश्रको शब्दरचना, संगित र गायनमा तयार गरिएको भजन शैलीको संगितमय प्रस्तुती महाशिवरात्रीको अवसरमा आइतबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


भजन गायनमा तृप्ति खड्का गुरुङको समेत स्वर रहेको छ भने भजनको परिकल्पना दीर्घ वहादर चन्दले गर्नुभएको हो । संगित संयोजन तथा मिक्सिङ नरेश पाण्डेको रहेको छ । सारेगामा स्टुडियोमा रेकर्डिङ तथा निमार्ण गरिएको भजनको भिडियो सम्पादन र पोष्टर डिजाइन विजय गुरुङले गर्नुभएको हो ।


शिवभक्ति केन्द्रित भजन तृप्ति खड्का गुरुङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने शिवरात्रीकै दिन रेडियो मर्स्र्याङदीमा समेत पहिलो पटक प्रसारण गरिएको छ । लमजुङमा रहेको कर्मदा सृजना मञ्च सहित अन्य साहित्य सस्थां र सामाजिक सस्थामा सक्रिय रहनुभएका मिश्रको यस अघि चालु गिति संग्रह सार्वजनिक भइसकेको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

भारी वर्षापछि लमजुङमा भएको क्षतिको प्रजिअ खनालद्वारा स्थलगत अनुगमन

मर्स्याङदी समाचार, १२ असोज लमजुङमा असोज ९ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिको प्रमुख जिल्ला खनाल सहितको टोलीले

SITENAME

सुन्दरबजारको पर्यटन प्रवद्र्धन भिजुअल सामाग्रि प्रतिस्पर्धाका उत्कृष्ट तिन जना पुरस्कृत

मर्स्याङदी समाचार, १८ असार सुन्दरबजार नगरपालिकाले आयोजना गरेको “पर्यटन प्रवद्र्धन भिजुअल सामग्री प्रतियोगिता“ को नतिजा सार्वजनिक गरिएको छ

भ्वाइसकी फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृहजिल्ला लमजुङमा 

मर्स्याङदी समाचार, २९ माघ ।  चर्चित रियालिटि सो ‘भ्वाइस अफ नेपाल’ की फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृह जिल्ला लमजुङ आएकी छिन् ।  लमजुङको

↑