Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

पाँचौ मालिङ कप को उपाधी अरुण स्मृतिले जित्यो 

मर्स्याङदी समाचार, ८ चैत । 
क्व्होलासोथार गाउँपालिका वडा न २ मालिङमा सम्पन्न पाँचौ मालिङ सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि अरुण स्मृति युवा क्लब मालिङले जितेको छ । 


अरुण स्मृति क्लब र आरसिटि बेसीशहरबीच शनिवार भएको फाइनल खेलमा शुन्यका विरुद्ध एक गोलको अग्रतासँगै अरुण स्मृतिले पाँचौ मालिङ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको हो । 


विजेता क्लवले प्रथम पुरस्कार एक लाख ३० हजार पाँच रुपैया नगद सहित  ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता आरसीटि बेसीशहरलाई नगद ६५ हजार पाँच रुपैया, मेडल र प्रमाणपत्र हात पारेको अयोजक मालिङ युवा क्लबका सचिव बलराम गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा अरुण स्मृति क्लबका अनिश तामाङ सर्वोत्कृष्ट खेलाडि र सन्दिप रानाले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन् । दुवै खेलाडीलाई जनही पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ । 


पुरस्कार वितरण तथा प्रतियोगिताको समापन मालिङ युवा क्लबका अध्यक्ष खिमप्रसाद गुरुङको अध्यक्षता एवम् क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । गाउँपालिका अध्यक्ष गुरुङले खेल मार्फत युवाहरुको व्यक्तित्व विकास गर्ने उदेश्यले लिएर आयोजना गरेको यस प्रतियोगिताकाले विभिन्न स्थानका युवाहरुविच भावनात्मक सम्वन्धको विकास सँगै युवाहरुलाई अनुशासित वन्न प्रेरित गर्ने वताउनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले पालिकाले स्रोत साधनले भ्याएसम्म खेल क्षेत्रमा सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिदै जाने प्रतिवद्धता समेत जनाउनुभयो । 


कार्यक्रममा वडा नं २ का अध्यक्ष खुशीमान गुरुङ, क्लवका पुर्व अध्यक्ष बुद्धि प्रसाद गुरुङ, क्लबका सल्लाहकार रघुनाथ गुरुङ र स्थानियहरुको उपस्थिति थियो ।


कार्यक्रमको सञ्चालन क्लबका सचिव बलराम गुरुङले गर्नुभएको थियो भने क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङले स्वागत गर्नुभएको थियो । प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए ।

प्रतिकृया दिनुहोस
SITENAME

प्रथम टुर दि लमजुङको टी–सर्ट र ब्याग सार्वजनिक

मर्स्याङदी समाचार, २२ भदौ ।  लमजुङ साइकलिङ संघको आयोजनामा आगामी असोज २, ३ र ४ गते आयोजना हुने प्रथम टुर दि लमजुङ–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ

SITENAME

पर्यटन प्रवर्द्धनका लागि लमजुङमा कोरा साइकल यात्रा 

मर्स्याङदी समाचार, २ साउन ।  लमजुङको पर्यटन प्रवर्द्धनका लागि कोरा साईकिलिङ यात्रा भएको छ । लमजुङ साइकल संघको ब्यबस्थापनमा जिल्लाको ऐतिहासिक एवं

SITENAME

पाँचौँ राइनास कपको उपाधी आयोजककै पोल्टामा 

बसन्ता भट्ट बानिया, ७ माघ ।  पाँचौँ राइनास कप २०८२ को उपाधि आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समिति अर्थात् राइनास ११ ले जितेको छ । गत वर्षको राइनास