पर्यटन प्रवर्द्धनका लागि लमजुङमा कोरा साइकल यात्रा

मर्स्याङदी समाचार, २ साउन ।
लमजुङको पर्यटन प्रवर्द्धनका लागि कोरा साईकिलिङ यात्रा भएको छ । लमजुङ साइकल संघको ब्यबस्थापनमा जिल्लाको ऐतिहासिक एवं धार्मिक पर्यटकिय गन्तव्य परिक्रमासहितको कोरा साईकल यात्रा भएको हो ।
बेसीशहर–१, गाईखुरे झरनादेखि मर्स्याङदी गाउँपालिका–८ स्थित हामखोला झरनासम्म साईकल यात्रा भएको हो । कोराको मुख्य उद्धेश्य साइकल चलाउनु मात्र नभै धार्मिक एवं ऐतिहासिक पर्यटकिय स्थलको सरसफाई, ब्यवस्थापनमा सरोकारवालको चासो जगाउने र प्रवद्र्धन गर्ने समेत रहेको साईक्लिङ संघ लमजुङका सचिव रविन श्रेष्ठले बताउनुभयो । कोरा साईकिलिङको सो कार्यक्रममा ६५ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा सदरमुकाम बेसीशहरसहित जिल्लाका विभिन्न स्थानहरुबाट समेत साईकल यात्रीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ । लमजुङमा भएको कार्यक्रममा आठ बर्षिय बालक देखि ६५ वर्षिय बयस्कले समेत सहभागिता जनाएका थिए । शनिवार लमजुङसहित नेपालका विभिन्न जिल्ला र विभिन्न देशहरुमा एकैसाथ साइकिलिङ भएको लमजुङ साईक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो ।
गाईखुरे झरनाबाट शुरु भएको सो साईकल हामखोला झरनामा पुगेर समापन भएको हो । समापन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेलले साईकल चलाउदा व्यक्तीगत स्वास्थ्य सँगै पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको पहाडी क्षेत्रहरुमा प्राय धेरैले साईकल चलाउन अप्ठयारो मान्ने र सोहि कार्यक्रम मार्फत साईकल चलाउन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम राखिएको संका आजिवन सदस्य एवं कोरा २०२६ संयोजक प्रतिजंग तामाङले बताउनुभयो । लमजुङ साईकल संघले अघिल्ला वर्षहरुमा पनि जिल्लाका विभिन्न पर्यटकिय सम्पदाहरुको परिक्रमा सहित कोरा साईकल यात्रा गरेको थियो ।

प्रथम टुर दि लमजुङको टी–सर्ट र ब्याग सार्वजनिक
मर्स्याङदी समाचार, २२ भदौ । लमजुङ साइकलिङ संघको आयोजनामा आगामी असोज २, ३ र ४ गते आयोजना हुने प्रथम टुर दि लमजुङ–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ
पाँचौ मालिङ कप को उपाधी अरुण स्मृतिले जित्यो
मर्स्याङदी समाचार, ८ चैत । क्व्होलासोथार गाउँपालिका वडा न २ मालिङमा सम्पन्न पाँचौ मालिङ सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि अरुण स्मृति

पाँचौँ राइनास कपको उपाधी आयोजककै पोल्टामा
बसन्ता भट्ट बानिया, ७ माघ । पाँचौँ राइनास कप २०८२ को उपाधि आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समिति अर्थात् राइनास ११ ले जितेको छ । गत वर्षको राइनास








प्रतिकृया दिनुहोस