बेसीशहरमा पोषणमैत्री स्थानीय शासनसम्बन्धी कार्यशाला

मर्स्याङदी समाचार, २८ साउन
बेसीशहरमा पोषणमैत्री स्थानीय शासनसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको आयोजनामा कार्यशाला भएको हो ।
कार्यशालामा सहजकर्ता अशोक खनालले पोषणमैत्री स्थानीय शासन, स्थानीय तहमा पोषणको अवस्था सुधार तथा पोषणसम्बन्धी योजना र कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङले स्थानीय तहबाट पोषणसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राख्दै बालबालिका, गर्भवती तथा सुत्केरी महिला लगायत समुदायको पोषण अवस्था सुधार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यशालामा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिका पदाधिकारी, वडास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिका पदाधिकारी तथा स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य वर्ल्ड भिजन इन्टरनेसनल नेपालका जीविकोपार्जन संयोजक सुनिता तोलाङ्गीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आरसिडिसिका बाल संरक्षण अधिकृत बेन्जिर थापाले गर्नुभएको थियो ।

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने
मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई
मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री
मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम






प्रतिकृया दिनुहोस