Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

खुदीमा प्रहरीको नागरिक सुनुवाई, ट्राफिक व्यवस्थापनमा कडाई गर्न स्थानियको सुझाव

SITENAME

मर्स्याङदी समाचार, ३० साउन
जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा मर्स्याङदी गाउँपालिकामा नागरिक सुनुवाई भएको छ । समुदाय प्रहरी कार्याक्रम अन्तर्गत प्रहरी र नागरिक विचको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउनका लागि शनिबार नागरिक सुनुवाई कार्यक्रम भएको हो । 


जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमूख एवं प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतको अध्यक्षता एवं मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले समुदायमा शान्ती कायम गर्दै सभ्य समाज निर्माणका लागि प्रहरीको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । 


श्रोत साधनको अभावमा पनि दिनरात प्रहरी समाजमा शान्ती कायम गर्न खटिदै आएको भन्दै अध्यक्ष गुरुङले अपराध नियन्त्रण र सभ्य समाजका लागि सरकारसँगै आम नागरिकहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सहभागीहरुले समुदायको शान्ती सुरक्षाका लागि प्रहरीले निभाएको भुमिका सराहनिय रहेको भन्दै अझै प्रभावकारी र सशक्त हुन आग्रह गरेका थिए ।

 

विशेषगरी मर्स्याङदी गाउँपालिका अन्तर्गत लमजुङ मनाङ मुख्य सडक पर्ने र अधिकांश भागमा ग्रामिण कच्ची सडक भएकोले ट्राफिक चेकजाँचमा कडाई गरीनुपर्ने, प्रहरीमा आएका उजुरीहरुलाई जतिसक्दो छिटो सम्बोधन गर्नुपर्ने, विद्यालयस्तरमा लागुपदार्थ दुर्व्यसन, अनलाईन ठगी, साईवर अपराध, घरेलुहिंसा लगायतका विषयमा सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने सुझाव दिएका थिए ।


कार्यक्रमका सहभागीहरुको सुझावलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमूख एवं प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले प्रहरीका हरेक गतिविधीमा नागरिकहरुको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । नागरिकको सुरक्षानै प्रहरीको पहिलो प्राथमिकता भएको भन्दै प्रनाउ बस्नेतले अपराध नियन्त्रण र शान्ती सुरक्षाको व्यवस्थापनमा नागरिकसँगको सहकार्य अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 


प्रनाउ बस्नेतले समाजमा शान्ती सुरक्षा प्रत्याभुतिका लागि बर्दिमा प्रहरी देखिएपनि बर्दि विनाको प्रहरी आम नागरीक भएको दावि गर्नुभयो । सवै नागरिकले आफ्नो आफ्नो स्थानबाट अपराध नियन्त्रणमा भूमिका खेल्न सके समाजमा शान्ती कायम गर्नसकिने प्रनाउ बस्नेतको भनाई थियो । 


कार्यक्रममा मर्स्याङदी–३ का वडा अध्यक्ष दुधमान तामाङ, अमर माविका पूवं प्रधानाध्यापक तिर्थ बस्नेत, स्थानिय भद्र मोहन थापा लगायतले सुझाव सहितको मन्तव्य राखेका थिए । सो कार्यक्रममा मस्र्याङदी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, सशस्त्र प्रहरी गुल्म लमजुङका प्रमूख एवं सशस्त्र प्रनाउ विकास अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, पूर्व केन्द्रिय सदस्य नविनराज कुईकेल, निवर्तमान अध्यक्ष परमेश्वर अधिकारी, गाउँपालिका अन्तर्गत विभिन्न वडाका अध्यक्षहरु, विभिन्न राजनितिक दल एवं संघ संस्थाका प्रतिनिधी एवं सर्वसाधारणको उपस्थिती रहेको थियो ।  


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक नेत्र थापाले स्वागत सहित जिल्ला प्रहरी कार्यालय लमजुङले गत आर्थिक वर्षमा गरेका कार्यसम्पादन एवं मुख्य मुख्य उपलब्धीहरुका बारेमा जानकारी गराउनुभएको थियो भने सो कार्यक्रममा प्रहरी सहायक निरिक्षक दिपेन्द्र डाँगीले सहजिकरण गर्नुभएको थियो । 


नेपाल प्रहरीको केन्द्रिय निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईहरुबाट बार्षिक चार पटक नागरिक सुनुवाई गर्नुपर्ने प्रावधान छ । सोहि अनुरुप जिल्ला प्रहरी कार्यालय लमजुङले चालु आर्थिक वर्षको पहिलो नागरिक सुनुवाई गरेको हो । गत आर्थिक वर्षमा पनि लमजुङ प्रहरीले मध्यनेपालको भोर्लेटार, सुन्दरवजारको भोटेओडार, राईनासको तिनपिप्ले र बेसीशहरको मकैडाँडामा नागरिक सुनुवाई गरेको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने

मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

SITENAME

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई

मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

SITENAME

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री

मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम