Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेसीशहर नगरपालिकामा ६ करोड भन्दा बढी राजश्व संकलन, वडा नं. ७ सबैभन्दा अगाडि

SITENAME

मर्स्याङदी समाचार, २९ साउन
बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा राजश्व संकलनतर्फ उल्लेख्य प्रगति गरेको छ । नगरपालिकाको तथ्याङ्कअनुसार नगरपालिका अन्तर्गतका ११ वटै वडाबाट २ करोड ४ लाख ९९ हजार ७ सय ५ रुपैयाँ राजश्व संकलन भएको छ ।

 

त्यस्तै, नगरपालिकाको राजश्व शाखामार्फत ४ करोड ४१ लाख ३६ हजार २२ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ । वडा र राजश्व शाखाबाट भएको संकलन जोड्दा नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा ६ करोड ९ लाख १३ हजार ३ सय २७ रुपैयाँ राजश्व संकलन गरेको देखिन्छ ।

 

वडागत रुपमा हेर्दा वडा नं. ७ राजश्व संकलनमा सबैभन्दा अगाडि रहेको छ । वडा नं. ७ बाट मात्रै ६८ लाख ५७ हजार ५ सय १५ रुपैयाँ राजश्व संकलन भएको छ ।

 

त्यसैगरी वडा नं. ८ बाट ३७ लाख ३९ हजार ३ सय २४ रुपैयाँ, वडा नं. २ बाट १९ लाख ३४ हजार २ सय ३१ रुपैयाँ, वडा नं. ११ बाट १५ लाख ८९ हजार ४ सय ६ रुपैयाँ, वडा नं. ३ बाट १५ लाख ३८ हजार ३ सय ४० रुपैयाँ राजश्व संकलन भएको छ ।

 

यस्तै, वडा नं. १० बाट १२ लाख १५ हजार ७ सय ८१ रुपैयाँ, वडा नं. ६ बाट १० लाख ९ हजार ७९ रुपैयाँ, वडा नं. ९ बाट ८ लाख ३० हजार १ सय ६७ रुपैयाँ, वडा नं. १ बाट ८ लाख २१ हजार २ सय ६६ रुपैयाँ, वडा नं. ५ बाट ५ लाख ४३ हजार ६ सय ६३ रुपैयाँ र वडा नं. ४ बाट ४ लाख २० हजार ९ सय ३३ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

 

वडा नं. ७ ले मात्रै कुल वडागत राजश्वको करिब एक तिहाइ संकलन गरेको देखिन्छ । यसले वडा नं. ७ को आर्थिक गतिविधि तथा कर तथा राजश्व संकलनमा देखिएको सक्रियतालाई समेत झल्काएको छ ।

 

नगरपालिकाले स्थानीय तहको आन्तरिक आम्दानीलाई थप मजबुत बनाउन करको दायरा विस्तार, राजश्व प्रशासनलाई व्यवस्थित बनाउने तथा नागरिकलाई कर तथा राजश्व बुझाउन सहज वातावरण निर्माण गर्न सके आगामी वर्षमा आन्तरिक आम्दानी अझ बढ्ने अपेक्षा गरिएको छ । स्थानीय तहको विकास निर्माण र सेवा प्रवाहका लागि आन्तरिक राजश्व महत्वपूर्ण स्रोत भएकाले राजश्व संकलनमा देखिएको यो प्रगतिलाई सकारात्मक रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने

मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

SITENAME

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई

मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

SITENAME

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री

मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम