ङादी करिडोर सडक स्तरोन्नतिमा जलविद्युत आयोजना र गाउँपालिकाबीच लागत साझेदारी

मर्स्याङदी समाचार, २८ साउन
मर्स्याङदी गाउँपालिकाको ङादी, ठूलीबेसी, नाइँचे सडक स्तरोन्नतिका लागि जलविद्युत आयोजना र गाउँपालिकाबीच लागत साझेदारी गर्ने सहमति भएको छ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बुधबार गाउँपालिका–६ र ७ अन्तर्गत निर्माण सम्पन्न तथा निर्माणाधीन जलविद्युत आयोजना तथा कम्पनीका सरोकार तथा समन्वय समितिका प्रतिनिधि र ङादी करिडोर संघर्ष समितिका प्रतिनिधिबीच भएको बैठक तथा छलफलमा सडकलाई तत्काल मर्मत तथा सफाइ गर्ने र दीर्घकालीन रूपमा स्तरोन्नति गर्ने सहमति भएको हो ।
सहमति अनुसार ङादी करिडोरमा सञ्चालित सम्पूर्ण जलविद्युत आयोजनाको समन्वयमा ङादी, ठूलीबेसी, नाइँचे सडक तत्काल सफाइ तथा मर्मत गरी यातायात सञ्चालन सहज बनाइनेछ । दीर्घकालीन रुपमा भने सडकको पुनः लागत अनुमान तयार गरी कुल लागतको ६० प्रतिशत जलविद्युत आयोजनाले र ४० प्रतिशत मस्र्याङ्दी गाउँपालिकाले व्यहोर्ने गरी तीन वर्षभित्र सडक स्तरोन्नति सम्पन्न गर्ने निर्णय भएको छ ।
यस्तै, जलविद्युत आयोजनाले हालसम्मको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) दायित्व पूरा गर्दै आगामी दिनमा विनियोजन हुन बाँकी सीएसआर रकमको ५० प्रतिशत ङादी–ठूलीबेसी–नाइँचे सडक स्तरोन्नतिमा परिचालन गर्ने र बाँकी ५० प्रतिशत प्रचलित नियमअनुसार सामाजिक उत्तरदायित्वका अन्य क्षेत्रमा खर्च गर्ने सहमति भएको छ ।
सडकको लागत अनुमान तयार गर्न मस्र्याङ्दी गाउँपालिकाका इन्जिनियर सुरेश गौतमको संयोजकत्वमा जलविद्युत आयोजना तथा स्थानीय प्रतिनिधि सम्मिलित प्राविधिक समिति गठन गरिएको छ । समितिले एक महिनाभित्र सडकको लागत अनुमान तयार गरी प्रतिवेदन पेश गर्नेछ ।
बैठकमा सडक स्तरोन्नति तथा आयोजना कार्यान्वयनका क्रममा बन्द, हड्ताल वा अन्य कुनै प्रकारका अवरोध नगरी संवाद, सहकार्य र समन्वयमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
ङादी करिडोर सडक स्थानीयवासीको दैनिक आवागमनसँगै आर्थिक गतिविधि, पर्यटन र जलविद्युत विकाससँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ। गाउँपालिका, जलविद्युत आयोजना र स्थानीय सरोकारवालाबीच भएको लागत साझेदारी र सहकार्यले सडकलाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउने अपेक्षा गरिएको छ ।
मर्स्याङदी गाउँपालिका–६ र ७ अन्तर्गतको ङादी करिडोर सडक स्तरोन्नतिका लागि भएको यो सहमतिलाई स्थानीयस्तरमा विकासका लागि सहकार्य र साझेदारीको महत्वपूर्ण पहलका रुपमा लिइएको छ ।

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने
मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई
मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री
मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम






प्रतिकृया दिनुहोस