लमजुङमा कुखुराजन्य वस्तु आयातमा लगाइएको प्रतिबन्ध हट्यो
.jpeg)
मर्स्याङदी समाचार, २८ साउन
लमजुङमा बर्ड फ्लु रोगको संक्रमण नदेखिएपछि जिल्लामा बाहिरी जिल्लाबाट कुखुराको मासु, तयारी कुखुरा तथा अण्डा आयात गर्न लगाइएको प्रतिबन्ध हटाइएको छ । भेटेरिनरि अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार बर्ड फ्लु रोगको सम्भावित जोखिमलाई मध्यनजर गर्दै २०८२ चैत २८ गते देखि जिल्लामा बाहिरी जिल्लाबाट कुखुराको मासु, तयारी कुखुरा र अण्डा ओसारपसारमा प्रतिबन्ध लगाइएको थियो ।
कार्यालयले जारी गरेको निर्णयअनुसार लमजुङलगायत आसपासका जिल्लामा बर्ड फ्लु रोगको संक्रमण नदेखिएको तथा प्राप्त पत्रअनुसार अवस्था सामान्य रहेकाले २०८३ साल साउन २८ गतेदेखि बाहिरी जिल्लाबाट कुखुराको मासु, तयारी कुखुरा र अण्डा ओसारपसार गर्न फुकुवा गरिएको हो ।
यससँगै कुखुराजन्य वस्तुको व्यापार तथा आपूर्तिमा सहजता आउने अपेक्षा गरिएको छ । संक्रमणको जोखिम देखिएमा आवश्यक स्वास्थ्य तथा जैविक सुरक्षाका उपाय अवलम्बन गरिने पशु सेवा कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने
मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई
मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री
मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम






प्रतिकृया दिनुहोस