Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लमजुङमा एक वर्षमै ९५ किशोरी बने आमा, बालविवाह अझै चुनौती

SITENAME

मर्स्याङदी समाचार, २८ साउन
लमजुङमा कम उमेरमै आमा बन्ने किशोरीहरुको संख्या अझै पनि चिन्ताजनक देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाभर २० वर्षभन्दा कम उमेरका ९५ जना किशोरी सुत्केरी भएका छन् । यसले जिल्लामा बालविवाह, किशोरावस्थामै गर्भधारण तथा प्रजनन स्वास्थ्यसम्बन्धी चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ । 


कार्यालयका तथ्यांकअनुसार सबैभन्दा धेरै बेसीशहर नगरपालिकामा ६४ जना किशोरी आमा बनेका छन् । त्यसपछि मध्यनेपाल नगरपालिकामा १७ जना, सुन्दरबजार नगरपालिकामा चार जना, राइनास नगरपालिकामा तीन जना, मर्स्याङदी गाउँपालिकामा तीन जना, दोर्दी गाउँपालिकामा दुई जना र दूधपोखरी गाउँपालिकामा दुई जना रहेका छन् । क्व्होलासोथार गाउँपालिकामा भने उक्त अवधिमा २० वर्षभन्दा कम उमेरका सुत्केरीको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका तथ्यांक सहायक लेखनाथ उपाध्यायले जानकारी दिनुभयो ।


स्वास्थ्यकर्मीका अनुसार किशोरावस्थामा गर्भधारण हुँदा आमा र शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम बढ्ने गर्छ । यस्तो अवस्थामा रक्तअल्पता, उच्च रक्तचाप, समयअघि नै सुत्केरी हुने, कम तौलका शिशु जन्मिने, नवजात शिशुको मृत्युको जोखिम बढ्ने लगायतका समस्या देखिन सक्छन् । साथै किशोरीको शिक्षा बीचमै छुट्ने, आर्थिक निर्भरता बढ्ने र गरिबीको चक्र अझ बलियो हुने खतरा पनि उत्तिकै रहेको स्वास्थ्य विज्ञहरु बताउँछन् ।


प्रहरीका अनुसार घरायसी वातावरण, सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रभावका कारण किशोरकिशोरीहरु कम उमेरमै विवाह र मातृत्वतर्फ धकेलिने अवस्था देखिएको छ । यद्यपि जिल्लामा बालविवाहको आधिकारिक तथ्यांक भने उपलब्ध छैन ।


कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने स्पष्ट व्यवस्था गरे पनि कतिपय स्थानमा सामाजिक दबाब र गरिबी कारण बालविवाह हुने गरेको पाइएको छ । त्यसको प्रत्यक्ष असर किशोरीहरुको स्वास्थ्य, शिक्षा र भविष्यमा पर्ने गरेको छ ।किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बनाउने, विद्यालय तथा समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्ने, अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने र बालविवाहविरुद्ध कानुनको प्रभावकारी कार्यान्वयन गर्न सके मात्र कम उमेरमा आमा बन्ने अवस्थालाई न्यूनीकरण गर्न सके मात्र बालबिवाह न्युनिकरण गर्न सकिने बालअधिकारकर्मीको भनाई छ ।


बालविवाह र किशोरावस्थामै मातृत्व केवल व्यक्तिगत वा पारिवारिक विषय नभई सामाजिक, स्वास्थ्य र विकाससँग जोडिएको गम्भीर मुद्दा भएकाले यसको रोकथामका लागि स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकाय, अभिभावक तथा समुदाय सबैको साझा प्रयास आवश्यक देखिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने

मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

SITENAME

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई

मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

SITENAME

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री

मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम