बेसीशहरमा राष्ट्रिय युवा संघको रक्तदान कार्यक्रम, २१ जनाले गरे रक्तदान

मर्स्याङदी समाचार, ३० साउन
लमजुङको बेसीशहरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजना तथा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङका अध्यक्ष योगबहादुर गुरुङ (कालु) को अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीका अध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले युवाहरु सामाजिक सेवामा सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले रक्तदानजस्तो मानवीय सेवाका कार्यक्रममा युवाहरुको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश अस्पताल लमजुङका आकस्मिक विभाग प्रमुख गणेश गुरुङ, नर्सद्वय कामना न्यौपाने र देवी कार्की तथा मेडिकल ल्याब टेक्नोलोजिस्ट विकास गुरुङले प्राविधिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण अधिकारी, नेकपा एमाले प्रदेश कमिटी सदस्य गोविन्द बस्नेत, जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ, दोर्दी गाँउपालिका अध्यक्ष युवराज अधिकारी तथा अनेरास्ववियु लमजुङका अध्यक्ष प्रदीप गुरुङलगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । रक्तदानमार्फत आवश्यक परेको समयमा बिरामीका लागि रगतको अभाव हुन नदिन सहयोग पुग्ने जिल्ला अध्यक्ष कालुको भनाई छ । कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष प्रदीप घिमिरेले गर्नुभएको थियो ।

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने
मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई
मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री
मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम






प्रतिकृया दिनुहोस