Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री

SITENAME


मर्स्याङदी समाचार, ३१ साउन
लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । गर्भावस्थादेखि पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।


वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको आयोजना तथा सम्बन्धित पालिकाका कृषि शाखाको सहजीकरणमा बेसीशहर, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाका विभिन्न ११ स्थानमा करेसाबारी प्रवद्र्धनसम्बन्धी तालिम तथा कृषि सामग्री वितरण गरिएको आरसिडिसिका बजार संयोजक दुर्गाप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।


तालिमसँगै सहभागी परिवारलाई पाइप, हजारी, प्लास्टिक, विभिन्न जातका बीउबिजन लगायत आवश्यक कृषि सामग्रीसमेत हस्तान्तरण गरिएको छ । प्रतिपरिवार करिब तीन हजार रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको ढुङ्गानाले बताउनुभयो ।


तालिममा करेसाबारीको महत्व तथा आवश्यकता, नर्सरी व्यवस्थापन, जैविक विषादीको प्रयोग, रोग तथा किराको व्यवस्थापनलगायतका विषयमा जानकारी गराइएको थियो । सहभागीलाई सैद्धान्तिक ज्ञानसँगै अभ्यास विधिबाट करेसाबारी व्यवस्थापन तथा उत्पादन गर्ने तरिका सिकाइएको थियो ।


बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक सहायकद्वय सञ्जीव बुढामगर र सोवित सुयलले शनिबार र आइतबार जन कल्याण माविमा सञ्चालन भएको तालिममा दुई दिनसम्म करेसाबारी व्यवस्थापन, बीउबिजन उत्पादन तथा संरक्षण, नर्सरी व्यवस्थापन, जैविक विषादी प्रयोग, रोग र किरा नियन्त्रणलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।


चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा आयोजित तालिममा २० जना अभिभावकको सहभागिता रहेको थियो । तालिम तथा कृषि सामग्री वितरण कार्यक्रमअन्तर्गत बेसीशहर र सुन्दरबजार नगरपालिका तथा दोर्दी गाउँपालिकाका गरी कुल २ सय ३० परिवार लाभान्वित भएका छन् ।


घरमै करेसाबारी स्थापना गरी ताजा, स्वच्छ र पोषणयुक्त तरकारी उत्पादन तथा उपभोग गर्ने बानीको विकास गराउँदै गर्भावस्थादेखि पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सुधार गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने आयोजकले अपेक्षा गरिएको छ ।


 

प्रतिकृया दिनुहोस
SITENAME

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने

मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

SITENAME

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई

मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

SITENAME

बेसीशहरमा राष्ट्रिय युवा संघको रक्तदान कार्यक्रम, २१ जनाले गरे रक्तदान

मर्स्याङदी समाचार, ३० साउन लमजुङको बेसीशहरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजना तथा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा