बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई

मर्स्याङदी समाचार, ३१ साउन
लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल स्पोन्सरसिप कार्यक्रममा दर्ता भएका ५७ जना बालबालिकालाई विदाई गरिएको छ । बेसीशहर नगरपालिका–३, काउलेपानीमा शनिबार र आइतबार आयोजित विदाई तथा धन्यवाद कार्यक्रममा बालबालिकालाई विदाई गरिएको हो ।
जिल्लामा सञ्चालित बाल स्पोन्सरसिप कार्यक्रम सन् २०२८ मा सम्पन्न हुने भएकाले कार्यक्रमअन्तर्गत दर्ता भएका बालबालिकाको संख्या क्रमशः घटाउँदै लैजाने योजना रहेको वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायभन्दा बाहिर बसोबास गर्ने तथा समुदायमै रहेका बालबालिकालाई क्रमशः कार्यक्रमबाट विदाई गरिँदै आएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला संयोजक गुरुङले वर्ल्ड भिजन इन्टरनेशनलको इतिहास तथा संस्थाले बालबालिकाको क्षेत्रमा गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो । साथै, बाल स्पोन्सरसिप कार्यक्रमबाट विदाई भए पनि आगामी दिनमा बालबालिकाले संस्थामार्फत सञ्चालन हुने विभिन्न कार्यक्रम तथा गतिविधिमा कसरी सहभागी हुन सक्ने भन्नेबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा विदाई भएका बालबालिकालाई कार्यक्रमको उद्देश्य, हालसम्म प्राप्त सहयोग तथा आगामी दिनमा अपनाउनुपर्ने जिम्मेवारीबारे समेत जानकारी दिइएको थियो ।

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने
मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री
मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम

बेसीशहरमा राष्ट्रिय युवा संघको रक्तदान कार्यक्रम, २१ जनाले गरे रक्तदान
मर्स्याङदी समाचार, ३० साउन लमजुङको बेसीशहरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजना तथा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा






प्रतिकृया दिनुहोस