चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा गौरी तमू सम्मानित

मर्स्याङदी समाचार, २ भदौ
चितवनको संचार माध्यमबाट पहिलो पटक तमू (गुरुङ) भाषाको पत्रकारितालाई अघि बढाउन योगदान पु¥याएकी सञ्चारकर्मी तथा साहित्यकार गौरी तमू सम्मानित भएकी छन् । तमू सञ्चारकर्मी संघ नेपालले चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा उनलाई सम्मान गरेको हो ।
इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा आयोजित कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्वअध्यक्ष डण्ड गुरुङले गौरीलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
गौरीले २०५९ फागुन १ गते चितवनको कालिका एफएमबाट तमू भाषामा कार्यक्रम सञ्चालन गर्दै मातृभाषाको सञ्चार यात्रालाई अघि बढाएकी थिइन् । उनी तमू साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत हुन् । तमू सञ्चारकर्मी संघ नेपालले मातृभाषामा समाचार तथा कार्यक्रम प्रकाशन र प्रसारणमा योगदान पु¥याउने अग्रज सञ्चारकर्मीलाई विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ ।
संघका अध्यक्ष लाला गुरुङका अनुसार २०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ, तामाङ, मगरलगायत मातृभाषामा समाचार प्रसारण सुरु भएको थियो । मातृभाषामा सञ्चारको सुरुवात भएको उक्त दिनको स्मरणमा संघले प्रत्येक वर्ष भदौ १ गते गुरुङ भाषा प्रसारण दिवस मनाउँदै आएको हो । दिवसकै अवसरमा यसअघि गोविन्द गुरुङ, गणेशमान गुरुङ र अनिता गुरुङलाई पनि सम्मान गरिसकिएको संघले जनाएको छ ।

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने
मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई
मर्स्याङदी समाचार, ३१ साउन लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल

बेसीशहर–दोर्दी र सुन्दरबजारका २३० परिवारलाई करेसाबारी प्रर्वद्धन तालिम तथा कृषि सामग्री
मर्स्याङदी समाचार, ३१ साउन लमजुङको बेसीशहर नगरपालिका–११, चिति स्थित जनकल्याण माध्यमिक विद्यालयमा करेसाबारी प्रर्वद्धन सम्बन्धी दुईदिने तालिम






प्रतिकृया दिनुहोस