समाज रुपान्तरणमा धर्मगुरुको भूमिका बढाउन ‘सबल विश्व दृष्टिकोण’ तालिम

मर्स्याङदी समाचार, ३ साउन
लमजुङको बेसीशहरमा धर्मगुरुहरुका लागि आधारभूत तहको ‘सबल विश्व दृष्टिकोण’ सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्य तथा निरन नेपाल लमजुङको आयोजनामा तालिम सञ्चालन भएको हो ।
कार्यक्रममा आरसिडिसीका संस्थापक अध्यक्ष राजेन्द्र बोहोराले विभिन्न धर्म तथा समुदायबीचको सहकार्य र सकारात्मक सोचमार्फत सामाजिक विकृति न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले मन्तव्य राख्दै बालबालिका, महिला तथा पछाडि परेका समुदायको अधिकार र सम्मान सुनिश्चित गर्न धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
तीन दिनसम्म प्रशिक्षण दिनुभएका प्रशिक्षक तथा निरन नेपालका केन्द्रीय कोषाध्यक्ष दाकिला गुरुमाले विभिन्न धर्ममा रहेका सकारात्मक तथा सबल पक्षलाई समाज रुपान्तरणका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले धर्मका सकारात्मक मूल्य, मान्यता र शिक्षालाई व्यवहारमा उतार्दै समाजमा रहेका कुप्रथा, अन्धविश्वास तथा विभेद हटाउन सबै धर्मगुरु र समुदायको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
विभिन्न धर्ममा रहेका सकारात्मक पक्षको प्रयोग गरी समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास तथा विभेद हटाउँदै बालबालिका, महिला र पछाडि परेका समुदायको सशक्तीकरणमा सहयोग पु¥याउनु तालिमको उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
समापन तालिम निरन नेपाल लमजुङका अध्यक्ष रामराज खनियाको अध्यक्षतामा भएको थियो भने सञ्चालन निरन नेपाल लमजुङका सचिव बलबहादुर रानाले गर्नुभएको थियो । कार्यक्रममा आरसिडिसीका कार्यक्रम संयोजक हेमराज बिमलीलगायतको उपस्थिति रहेको थियो ।

बेसीशहर नगरपालिकाका दुई कर्मचारीलाई बिदाई
मर्स्याङदी समाचार, ३ साउन बेसीशहर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी बेलकुमारी थापा र बालुकुमारी घिमिरेको अनिवार्य अवकाशको अवसरमा बिदाई तथा

चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा गौरी तमू सम्मानित
मर्स्याङदी समाचार, २ भदौ चितवनको संचार माध्यमबाट पहिलो पटक तमू (गुरुङ) भाषाको पत्रकारितालाई अघि बढाउन योगदान पु¥याएकी सञ्चारकर्मी तथा साहित्यकार

गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने
मर्स्याङदी समाचार, ३१ साउन पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी







प्रतिकृया दिनुहोस