प्रथम टुर दि लमजुङको टी–सर्ट र ब्याग सार्वजनिक

मर्स्याङदी समाचार, २२ भदौ ।
लमजुङ साइकलिङ संघको आयोजनामा आगामी असोज २, ३ र ४ गते आयोजना हुने प्रथम टुर दि लमजुङ–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रमको तयारीअन्तर्गत बेँसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले सोमबार टुर दि लमजुङ–२०२६ को आधिकारिक टी–सर्ट तथा ब्याग सार्वजनिक गर्नुभएको हो ।
देशभरबाट साइकलिस्टहरूको सहभागिता रहने प्रतियोगिताले लमजुङको पर्यटन प्रवद्र्धनसँगै जिल्लाको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई राष्ट्रियस्तरमा थप चिनाउन योगदान पुग्ने आयोजकको अपेक्षा छ ।
यसअघि भदौ २० र २१ गते हुने भनिएको प्रथम टुर दी साइकल यात्रा देशमा देखिएको प्राकृतिक प्रकोप तथा राष्ट्रिय विपत्तिको अवस्था र विज्ञहरूको सुझावलाई ध्यानमा राख्दै असोज २, ३ र ४ गतेको लागि सारिएको हो ।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी तीव्र पारिएको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनु भयो । लमजुङको पर्यटन प्रवद्र्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम टुर दी लमजुङमा सहभागिताका लागि देशभरबाट ५ सय ५० जनाले दर्ता गरेको छन् । ४५ जिल्लाका साइकल यात्रीहरूको सहभागिता रहने भएको छ ।
कार्यक्रमले जिल्लाको पर्यटन क्षेत्रमा नयाँ सम्भावना पहिचान गर्न र साइकल पर्यटनलाई प्रवद्र्धन गर्नसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।

पर्यटन प्रवर्द्धनका लागि लमजुङमा कोरा साइकल यात्रा
मर्स्याङदी समाचार, २ साउन । लमजुङको पर्यटन प्रवर्द्धनका लागि कोरा साईकिलिङ यात्रा भएको छ । लमजुङ साइकल संघको ब्यबस्थापनमा जिल्लाको ऐतिहासिक एवं
पाँचौ मालिङ कप को उपाधी अरुण स्मृतिले जित्यो
मर्स्याङदी समाचार, ८ चैत । क्व्होलासोथार गाउँपालिका वडा न २ मालिङमा सम्पन्न पाँचौ मालिङ सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि अरुण स्मृति

पाँचौँ राइनास कपको उपाधी आयोजककै पोल्टामा
बसन्ता भट्ट बानिया, ७ माघ । पाँचौँ राइनास कप २०८२ को उपाधि आयोजक गौलीटार क्षेत्रीय खेल मैदान समिति अर्थात् राइनास ११ ले जितेको छ । गत वर्षको राइनास








प्रतिकृया दिनुहोस