सदस्यको स्वास्थ्य सुरक्षामा हातेमालो साकोसको पहल, तीन स्वास्थ्य संस्थासँग सम्झौता

बसन्ता भट्ट, २४ भदौ ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा सदस्यका एकाघर परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने उद्देश्यले लमजुङ र चितवनका तीन स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।
सहकारीले बेसीशहर–७ स्थित मोडल सिटी हस्पिटल, प्रयोगशाला सेवाका लागि बेसीशहरस्थित यु.आर. एल. र स्वास्थ्य उपचार सेवाका लागि भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलसँग छुट तथा सहुलियत सम्बन्धी सम्झौता गरेको हो । सम्झौताअनुसार हातेमालो साकोसका सदस्य तथा सदस्यका एकाघर परिवारले सम्बन्धित स्वास्थ्य संस्थाबाट विभिन्न स्वास्थ्य सेवा तथा उपचार लिँदा सम्झौतामा तोकिए बमोजिम विशेष छुट पाउने भएका छन् ।
साकोसका मुख्य प्रवन्धक हिरा रावलका अनुसार मोडल सिटी हस्पिटलबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ । यहि भदौ २४ गतेदेखि लागु हुने गरी भएको सम्झौतामा हातेमालो बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट मुख्य प्रवन्धक हिरा रावल र मोडल सिटी हस्पिटलका प्रवन्ध निर्देशक आदर पौड्यालले हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै, प्रयोगशाला सेवातर्फ बेसीशहरमा हुने सेवामा २५ प्रतिशतसम्म र लमजुङबाहिर पठाउनुपर्ने परीक्षणमा १० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी यु.आर.एल. बेसीशहरसँग सम्झौता भएको छ । यु.आर.एलका तर्फबाट ल्याव अधिकृत सुसान्त यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यसैगरी, भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलबाट स्वास्थ्य उपचार सेवा लिँदा सदस्य तथा उनीहरूका परिवारलाई १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी सम्झौता भएको रावलले जानकारी दिनुभयो । सम्झौता पत्रमा नारायणी हस्पीटलका प्रशासकिय अधिकृत अरुण लम्सालले हस्ताक्षर गर्नुभएको छ ।
तिन वटै स्वास्थ्य संस्थासँग भएको सम्झौताअनुसार छुट सुविधा लिनका अस्पतालमा उपचारका क्रममा संस्थाको सदस्य परिचयपत्र देखाउनुपर्नेछ । सदस्य परिचयपत्रका आधारमा अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवा तथा उपचारमा सम्झौतामा उल्लेख भएबमोजिम विशेष छुट प्राप्त गर्न सकिनेछ ।
सहकारी र स्वास्थ्य संस्थाबीच भएको यस किसिमको सहकार्यले सदस्यलाई वित्तीय सेवासँगै स्वास्थ्यसम्बन्धी सुविधा पनि सहुलियत दरमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी पछिल्लो समय स्वास्थ्य उपचारमा लाग्ने खर्च बढ्दै गइरहेको अवस्थामा सहकारीका सदस्यले सम्झौतामार्फत प्राप्त हुने छुटबाट उपचार खर्च केही हदसम्म कम गर्न सक्ने विश्वास गरिएको छ ।
बेसीशहरमा केन्द्रीय कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल ५ हजार ५ सय सदस्य रहेको जनाइएको छ । संस्थाले आफ्ना सदस्यलाई बचत तथा ऋणलगायत विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको छ। वित्तीय कारोबारसँगै सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।
सदस्यको आर्थिक हितसँगै सामाजिक र स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्याउने उद्देश्यले स्वास्थ्य संस्था तथा अन्य सेवाप्रदायक निकायसँग सहकार्यलाई प्राथमिकता दिइएको साकोसको अध्यक्ष प्रभुराम प्रधानले बताउनुभयो ।
हातेमालो साकोसले स्वास्थ्य संस्थासँग भएको सम्झौताबाट प्राप्त हुने छुट तथा सुविधाको उपयोग गर्न सम्पूर्ण सदस्य तथा सदस्यका एकाघर परिवारलाई साकोसले गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे
खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन । अधिवेशनले

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग
मर्स्याङदी समाचार, २७ भदौ रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला
मर्स्याङदी समाचार, २७ भदौ महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०








प्रतिकृया दिनुहोस