Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

जय लक्ष्मी सुनचाँदी पसलका सञ्चालक विश्वकर्माद्वारा बाढीपीडितका लागि एक लाख बढी सहयोग

SITENAME

मर्स्याङदी समाचार, २४ भदौ 

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले लमजुङका बमबहादुर विश्वकर्मा परिवारले एक लाख १० हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन ।

 

जय लक्ष्मी सुनचाँदी पसलका सञ्चालक बमबहादुर विश्वकर्मा, उहाँकी श्रीमती गंगा देवी विश्वकर्मा तथा परिवारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

 

परिवारले राष्ट्रिय वाणिज्य बैंकमार्फत एक लाख १० हजार पाँच सय रुपैयाँ कोषमा जम्मा गरी सहयोग गरेको जनाएको छ। रकम जम्मा गरेको बैंक भौचर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरिएको छ ।

 

देश नै शोकमा डुबेको यस विषम परिस्थितिमा भोटेकोशी बाढीपहिरोबाट प्रभावित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले परिवारको तर्फबाट सहयोग गरिएको बमबहादुर विश्वकर्माले बताउनुभयो ।

 

उहाँले विपद्का कारण पीडामा परेका परिवारको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो क्षमताअनुसार सहयोग गरेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

SITENAME

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

मर्स्याङदी समाचार, २७ भदौ    महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०