Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लापसे परीक्षणका लागि ट्राफिक प्रहरीलाई १० थान मेडिकल किट सहयोग

SITENAME

मर्स्याङदी समाचार, २५ भदौ
लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना प्रभावकारी बनाउन लमजुङ कालिका यातायात सञ्चालक प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङलाई लागुऔषध सेवन परीक्षण गर्ने १० थान मेडिकल किट उपलब्ध गराएको छ ।


प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठले बिहिबार आफ्नै कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीलाई उक्त मेडिकल किट हस्तान्तरण गर्नुभएको हो । सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाए,नचलाएको परीक्षण गर्न मेडिकल किट प्रयोग गरिने जनाइएको छ । सार्वजनिक सवारीसाधनका चालकको लापसे परीक्षणलाई प्रभावकारी बनाउन सहयोग पुग्नुका साथै यसबाट सवारी दुर्घटना न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।


मेडिकल किट हस्तान्तरणका क्रममा यातायात व्यवसायी तथा ट्राफिक प्रहरीबीच सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नियमको प्रभावकारी कार्यान्वयनका लागि आगामी दिनमा आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

SITENAME

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

मर्स्याङदी समाचार, २७ भदौ    महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०