आत्महत्या रोकथाम दिवसमा एचडिसिएस नमुना सामुदायिक अस्पतालमा सचेतना कार्यक्रम

मर्स्याङदी समाचार, २५ भदौ
विश्व आत्महत्या रोकथाम दिवस २०२६ को अवसरमा लमजुङको सुन्दरबजार नगरपालिका स्थित एचडिसिएस नमुना सामुदायिक अस्पतालमा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालमा उपचारका लागि आएका बिरामी, उनीहरुका कुरुवा तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी सञ्चालन भएको कार्यक्रममा मानसिक स्वास्थ्यप्रति संवेदनशील बन्नुपर्ने र आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग गर्नुपर्ने विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा निराशा, अत्यधिक तनाव तथा मानसिक समस्याका प्रारम्भिक संकेत पहिचान गर्ने, समस्यामा रहेका व्यक्तिसँग सहानुभूतिपूर्वक संवाद गर्ने तथा आवश्यक पर्दा मनोपरामर्श र स्वास्थ्य सेवामा जोड्ने उपायबारे छलफल भएको थियो ।आत्महत्या रोकथाममा परिवार र समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै मानसिक पीडामा रहेका व्यक्तिलाई एक्लो नछोड्ने, उनीहरुको कुरा ध्यानपूर्वक सुन्ने र आवश्यक सहयोग तथा साथ प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमको सहजीकरण अस्पतालकी मनोविमर्शदाता शोभा ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा “आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ” भन्ने सन्देश प्रवाह गरिएको थियो । मानसिक समस्यामा रहेका व्यक्तिलाई दोष दिनुभन्दा उनीहरुको अवस्था बुझेर साथ र सहयोग दिन सके आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पुग्ने मनोविमर्शदाता शोभा ठकुरीले बताउनु भयो । समयमै गरिएको सानो सहयोगले पनि निराश व्यक्तिको जीवनमा आशा जगाउन सक्ने भएकाले मानसिक स्वास्थ्यका विषयमा खुलेर संवाद गर्नुपर्ने ठकुरीको भनाई छ ।

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे
खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन । अधिवेशनले

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग
मर्स्याङदी समाचार, २७ भदौ रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला
मर्स्याङदी समाचार, २७ भदौ महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०








प्रतिकृया दिनुहोस