विपद् राहतका लागि लमजुङका तमु (गुरुङ) समुदायको १४ लाखभन्दा बढी सहयोग
मर्स्याङदी समाचार, २६ भदौ
लमजुङको बेसीशहर क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ (तमु) समुदायका विभिन्न समाज तथा समूहहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख ४५ हजार ५ सय ७२ रुपैयाँ सहयोग गरेका छन् ।
‘तमु ह्युल छोंज धीं’ गुरुङ राष्ट्रिय परिषद्, बेसीशहर इकाईको पहलमा बेसीशहर क्षेत्रका १७ वटा तमु आमाबाबा समूहबाट उक्त रकम संकलन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
संकलित रकममध्ये शान्तिटोल तमु आमा तथा बाबा समूहले ३ लाख २४ हजार ७ सय ७५ रुपैयाँ, मनाङे चौतारा तमु आमा समूहले १ लाख ५० हजार रुपैयाँ, शेरा तमु बाबा तथा आमा सेवा समाजले १ लाख ४७ हजार १ सय ५५ रुपैयाँ र प्रगति टोल तमु सामुदायिक छोंज धीले १ लाख ३९ हजार २ सय ४५ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, चौंध खोला तमु समाजले १ लाख २१ हजार १ सय ६० रुपैयाँ, बेसीशहर नगरपालिका–९ का १४ भाई लेम तमु समाजबाट १ लाख, बिम्दाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, पोंचौं क्हों ङथर घनपोखरा तमु समाजले १ लाख रुपैयाँ र बिम्दा बेसीशहर तमु समाजले ९१ हजार ११ रुपैयाँ सहयोग गरेको तमु ह्युला छोंज धीं बेसीशहर इकाईका कोषाध्यक्ष पूर्णसिङ गुरुङले जानकारी दिनु भयो ।
मालिङ तमु समाजले ७१ हजार ५ सय, न्हॉदा ट्हो (नाल्मा समाज) बेसीशहरले ४० हजार ५ सय ५५, सहजी टोल तमु आमा तथा बाबा समूहले ४० हजार ३ सय ५, दुध कौरी तमु समाजले २८ हजार २ सय, तमु ह्युल छोंज धी बेसीशहर इकाई र भुजुङ तमु समाजले २०÷२० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी उत्तरकन्या तमु समाजले १५ हजार ५ सय ५५, माँझगाउँ लांकुरीबोट चिसापानी हिले तमु समाजले १५ हजार र पुमा गाउँ तमु समाजले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
तमु समुदायबाट संकलित उक्त रकम विहिबार नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छोंज धीं का सचिव कृष्ण घलेले बताउनु भयो । विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले समुदायस्तरबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे
खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन । अधिवेशनले

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग
मर्स्याङदी समाचार, २७ भदौ रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला
मर्स्याङदी समाचार, २७ भदौ महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०








प्रतिकृया दिनुहोस