Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

भोटेकोसी बाढीपीडितका लागि सुन्दरबजार तमु समाजद्वारा १ लाख बढी सहयोग

SITENAME

मर्स्याङदी समाचार, २६ भदौ 
रसुवा लगायतका जिल्लामा भाद्र १० गते भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्धेश्यले सुन्दरबजार तमु समाजले आर्थिक सहयोग गरेको छ ।


साङदो पल्री बौद्ध गुम्बा तथा गुरुङ समाज (सुन्दरबजार तमु समाज), सुन्दरबजार, लमजुङको पहलमा समाजका दाजुभाइ तथा दिदीबहिनीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख २६ हजार ७ सय १० रुपैयाँ सहयोग गरिएको हो ।


समाजले संकलन गरेको उक्त रकम भदौ २५ गते नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखामा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकमुष्ट जम्मा गरी सहयोग गरेको जनाएको छ । प्राकृतिक विपद्का कारण प्रभावित तथा पीडित परिवारलाई राहत पु¥याउने उद्देश्यले समाजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

SITENAME

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

मर्स्याङदी समाचार, २७ भदौ    महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०