Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

संयुक्त भूपू साकोसद्वारा भोटेकोशी बाढीपीडितलाई ५५ हजार बढी सहयोग

SITENAME

मर्स्याङदी समाचार, २६ भदौ
बेसीशहर नगरपालिका–८, नारायण स्थानमा मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दै आएको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । साकोसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।


भोटेकोशी बाढीका कारण प्रभावित भएका परिवारलाई विपद्को यस कठिन परिस्थितिमा शीघ्र राहत तथा पुनःस्थापनामा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्धेश्यले उक्त रकम प्रदान गरिएको सहकारीका प्रबन्धक अनिल गुरुङले बताउनु भयो । 


प्राकृतिक विपद्को सामना एक्लैले गर्न सम्भव नहुने भएकाले संकटका बेला सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । राष्ट्रप्रतिको आफ्नो कर्तव्यबोध गर्दै विपद्मा परेका नागरिकको पीडामा मल्हम लगाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको सहकारीका अध्यक्ष नेत्रमान गुरुङकोे भनाइ छ ।


सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सामाजिक कार्यमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

SITENAME

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

मर्स्याङदी समाचार, २७ भदौ    महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०