Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

चार दशक बढी शिक्षण सेवामा समर्पित नानुमाया पराजुलीलाई सम्मानसहित बिदाई 

SITENAME

मर्स्याङदी समाचार, २६ भदौ । 
लमजुङको राइनास नगरपालिका–५, तीनपिप्लेस्थित,  श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयकी प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकी सह–अध्यक्ष नानुमाया पराजुलीलाई ४० वर्ष ५ महिना २ दिन लामो शिक्षण सेवापछि सम्मानसहित बिदाइ गरिएको छ ।


शिक्षण पेशाको ३२ बर्ष ५ महिना १४ दिन श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयलाई समर्पित गर्नुभएकी पराजुलीले २७ बर्ष १८ दिन विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभयो । आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा समर्पित गर्दै चार दशकभन्दा लामो समय विद्यार्थी, विद्यालय र शैक्षिक क्षेत्रको विकासमा पु¥याउनुभएको योगदानको कदर र उच्च सम्मानका साथ उहाँलाई बिहिवार बिदाई गरिएको हो ।


पराजुलीको अनिवार्य अवकाशको अवसरमा विद्यालय परिवारले आयोजना गरेको सम्मान सहितको विदाई कार्यक्रममा, विद्यालय व्यवस्थापन समिति, पुर्व अध्यक्षहरु, सल्लाहाकारहरु, पूर्व विद्यार्थी, शैक्षिक व्यक्तित्व, आमा समुह, शिक्षक विद्यार्थी अभिभावक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाली नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल, शिक्षा शाखाका प्रमुख पूर्णवहादुर नेपाली, राइनास ५ का वडाअध्यक्ष शंखवहादुर सार्की, विज्ञ समूहको तर्फबाट मेखवहादुर भण्डारी, विद्यालयका पुर्व अध्यक्ष रामचन्द्र भट्ट लगायतले शैक्षिक क्षेत्रमा पराजुलीको योगदानको चर्चा गर्दे उहाँको सुखद समृद्धिपूर्ण सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गरेका थिए । 


विद्यालयका शिक्षक पदम पोख्रेलले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यपक देव गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयको तर्फबाट पराजुलीलाई दोसल्ला ओढाएर, अविरार्पण सहित दुबोको माला, करुवा, सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । 


पन्चे बाजा, सास्कृतिक कार्यक्रम सहित बिद्यालय परिवार, शिक्षक बर्ग, बिद्यार्थी, ब्यबस्थापन समिती, अभिभावक, विभिन्न आमा समुहहरुको छुट्टाछुट्टै सम्मान बिच पराजुलीलाई  बिदाई गरिएको हो ।


शिक्षण पेसामा मात्र सीमित नरही उहाँले शिक्षकका पेशागत अधिकार, शैक्षिक सुधार तथा शैक्षिक आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।


शैक्षिक आन्दोलनमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी पराजुली हाल नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकी सह–अध्यक्ष समेत हुनुहुन्छ । लामो समयको शिक्षण अनुभव र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानका कारण उहाँलाई शिक्षा क्षेत्रकी अनुभवी तथा प्रतिबद्ध व्यक्तित्वका रूपमा लिइन्छ ।


शिक्षण पेसाप्रतिको निरन्तर समर्पण, विद्यार्थीप्रतिको जिम्मेवारी र शैक्षिक अधिकारका लागि आवाज उठाउने उहाँको यात्राले नयाँ पुस्ताका शिक्षकहरूलाई समेत प्रेरणा प्रदान गरेको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

SITENAME

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

मर्स्याङदी समाचार, २७ भदौ    महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०