Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

SITENAME

मर्स्याङदी समाचार, २७ भदौ   
महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १० दिने तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्य तथा सुन्दरबजार नगरपालिका–७ को समन्वयमा तालिम भएको हो । तालिममा सरफ, साबुन, हार्पिक, फिनेललगायतका घरायसी तथा व्यावसायिक प्रयोजनमा प्रयोग हुने सरसफाइ सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको थियो ।


कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष जयराम रेग्मीको अध्यक्षता तथा सुन्दरबजार नगरपालिकाकी उपप्रमुख भवानी केसीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख केसीले महिलालाई सीपसँग जोडेर आयआर्जनको अवसर सिर्जना गर्न सके आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रुपमा अगाडि बढ्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो ।


वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले महिलाको आर्थिक सशक्तीकरण तथा जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले यस्ता सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई उद्यमका रुपमा विकास गर्न सके आयआर्जनको राम्रो माध्यम बन्न सक्ने धारणा राख्नुभयो ।


आरसिडिसीका कार्यक्रम संयोजक हेमराज विमलीले स्थानीयस्तरमै उपलब्ध स्रोतसाधनको प्रयोग गरी महिलालाई स्वरोजगार बनाउन तालिम आयोजना गरिएको बताउनुभयो । सहभागीरुको तर्फबाट चन्द्रमाया कुमालले तालिमबाट सरसफाइ सामग्री निर्माण गर्ने व्यावहारिक सीप सिक्न पाएको र यसबाट आफूहरुलाई स्वरोजगार तथा आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्दै आगामी दिनमा व्यावसायिक रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


तालिमका प्रशिक्षक टोपनारायण मरासिनीले सहभागीहरुलाई सरफ, साबुन, हार्पिक, फिनेल लगायतका सरसफाइ सामग्री तयार गर्ने विधि, आवश्यक कच्चा पदार्थको प्रयोग, मिश्रण गर्ने तरिका तथा सुरक्षित रुपमा उत्पादन गर्ने व्यावहारिक सीप प्रदान गर्नुभएको थियो। उहाँले सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै व्यावसायिक उत्पादनतर्फ अघि बढ्न सके आम्दानीको स्रोत बनाउन सकिने बताउनुभयो ।


कार्यक्रममा उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइका अध्यक्ष आनन्दराज श्रेष्ठ, चेम्बर अफ कमर्सका विष्णुकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


१० दिनसम्म सञ्चालन भएको तालिममा सुन्दरबजारका १० जना महिलाको सहभागिता रहेको थियो । स्थानीय महिला तथा सहभागीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा घरायसी तथा व्यावसायिक रुपमा प्रयोग हुने सरसफाइ सामग्री तयार पार्ने व्यवहारिक सीप प्रदान गरिएको प्रशिक्षक मरासिनीको भनाई छ । कार्यक्रमको सञ्चालन वडा सचिव सीतारामप्रसाद शाहले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

SITENAME

‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते सिक्लेसमा हुने

मर्स्याङदी समाचार, २६ भदौ गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र