बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग

मर्स्याङदी समाचार, २७ भदौ
रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । स्वदेश होस् या विदेश, विश्वका विभिन्न स्थानमा भएका नेपाली नागरिक सँगै विदेशी नागरिकले पनि विपद्को यस घडिमा समवेदनाका साथ सहयोग गरिरहेका छन् ।
यसै क्रममा बेलायती नागरिक जिना साइलन र लेक्सि पाउनरको पहलमा बेलायतबाट ३ लाख ८५ हजार ८ सय ४५ रुपैया सहयोग गरेका छन् । लमजुङ बेसीशहरस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा विगतमा स्वयंसेवक शिक्षकको रुपमा कार्यरत दुई शिक्षकले आफ्ना बेलायती साथीहरुसँग रकम संकलन गरी बाढी पिडितको राहत तथा पुनःस्थापनाका लागि पठाएका हुन् ।
सहयोग रकम भूपू सैनिक आवासीय माविका शिक्षक अनुकला गुरुङ मार्फत ग्लोबल आइ.एम.ई बैकको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
विदेशमा रहेर पनि नेपाल र नेपालीको दुःखमा मलम लगाउने यस्तो पवित्र र मानविय सेवा भावका लागि दुवैजना शिक्षक प्रति प्रति भूपू सैनिक आवासीय मा.वि. परिवारले धन्यवाद व्यक्त गरेको छ । जिना साइलनले यसअघि व्यक्तिगत रूपमा २० हजार ४८ रूपैयाँ सहयोग गरिसक्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे
खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन । अधिवेशनले

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला
मर्स्याङदी समाचार, २७ भदौ महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०

‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते सिक्लेसमा हुने
मर्स्याङदी समाचार, २६ भदौ गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र








प्रतिकृया दिनुहोस