Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

SITENAME

खुशी माया गुरुङ, २७ भदौ

राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।

 

अधिवेशनले घिमिरेको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विकास तामाङ, सचिवमा विनायक दवाडी, सहसचिवमा खेम घले र ईश्वर दर्लामी तथा कोषाध्यक्षमा खेमेन्द्र जङ गुरुङ निर्वाचित भएका छन ।

 

अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठनलाई थप सुदृढ बनाउँदै जिल्लाका युवाहरूलाई संगठित र सक्रिय बनाउने तथा युवाका सवाललाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

नवनिर्वाचित अध्यक्ष प्रदिप घिमिरेले युवाको क्षमता, नेतृत्व विकास र सामाजिक भूमिकालाई प्रभावकारी बनाउँदै संगठनलाई थप गतिशील बनाउने बताएका छन । 

 

११ औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र संगठन विस्तारका विषयमा समेत छलफल गरेको जनाइएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

SITENAME

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

मर्स्याङदी समाचार, २७ भदौ    महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०

SITENAME

‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते सिक्लेसमा हुने

मर्स्याङदी समाचार, २६ भदौ गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र