अवैध हतियार बनाउने तयारीमा रहेका दुई जना प्रहरी नियन्त्रणमा

मर्स्याङदी समाचार, २९ भदौ
जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध हतियार बनाउने तयारीमा रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सुराकीका आधारमा राइनास नगरपालिका–९, साउनेपानीस्थित एक घरमा छापा मार्दा हतियार बनाउन प्रयोग हुने विभिन्न सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५७ वर्षीय घरधनी प्रेम विनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिलबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट हतियार बनाउन तथा मर्मत गर्न प्रयोग हुने सामग्री बरामद गरिएको छ । बरामद सामग्रीमा पुरानो दाव आठ थान, नयाँ दाव पाँच थान, नाल १० थान, बन्दुकमा प्रयोग हुने घोडा तिन थान, चिम्टा चार थान र चाँपपाटा दुई थान रहेका छन् ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिमध्ये सम्बन्धित व्यक्तिले हतियार मर्मत गर्ने अनुमति पाएका थिए । तर, उक्त अनुमति पत्र नवीकरण नभएको पाइएको छ । उनीहरूले मर्मत गर्न लागेका हतियारको अनुमति पत्र वा लाइसेन्स भए नभएको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीहरूले विगतमा पुराना हतियार मात्र मर्मत गर्दै आएका थिए वा नयाँ हतियारसमेत बनाएर बिक्री गर्ने गरेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीले बरामद सामग्री तथा घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे
खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन । अधिवेशनले

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग
मर्स्याङदी समाचार, २७ भदौ रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला
मर्स्याङदी समाचार, २७ भदौ महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०






प्रतिकृया दिनुहोस