भदौ महिनाको उत्कृष्ट कर्मचारी बने नायब सुब्बा नेत्रबहादुर गुरुङ

मर्स्याङदी समाचार, २० असोज
जिल्ला प्रशासन कार्यालय लमजुङले भदौ महिनाको उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा नेत्रबहादुर गुरुङलाई घोषणा गरेको छ । कार्यालयको नागरिकता शाखामा कार्यरत गुरुङलाई उत्कृष्ट कर्मचारीका रुपमा छनोट गरिएको हो ।
मर्स्याङ्दी गाउँपालिका–३, ढगै घर भएका गुरुङले २०७७ सालदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । हाल उहाँ नागरिकता शाखामा रहेर सेवाग्राहीलाई सेवा प्रवाह गर्नुका साथै प्रशासनिक जिम्मेवारीसमेत निर्वाह गर्दै आउनु भएको छ ।
कार्यालयका अनुसार कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको लगनशीलता, अनुशासन तथा सेवाप्रतिको योगदानलाई आधार बनाएर गुरुङलाई भदौ महिनाको उत्कृष्ट कर्मचारीका रुपमा छनोट गरिएको हो ।
उत्कृष्ट कर्मचारी घोषित गुरुङलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मंगलबार प्रशंसापत्र प्रदान गर्नुभएको हो । प्रशंसापत्र प्रदान गर्दै प्रजिअ खनालले कर्मचारीको मेहनत र जिम्मेवारीप्रतिको प्रतिबद्धताको मूल्यांकनले कार्यालयमा सकारात्मक कार्यसंस्कृति विकास गर्न सहयोग पुग्ने बताउनु भयो ।
कर्मचारीलाई थप उत्साहित र जिम्मेवार बनाउन जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने गरेको जनाएको छ । यस्तो सम्मानले कर्मचारीलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्न प्रेरणा मिल्ने कार्यालयको विश्वास छ ।
प्रशंसापत्र प्रदान कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेललगायत कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन खरिदार दिननाथ अधिकारीले गर्नुभएको थियो ।

विपद् प्रतिकार्यका लागि प्रहरीलाई आरसिडिसीको सहयोग
मर्स्याङदी समाचार, २० असोज विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामग्री

लोकद दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा अधिकारीको उम्मेदवारी
मर्स्याङदी समाचार, २० असोज लमजुङका कलाकार तथा सञ्चारकर्मी अनुज अधिकारीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा

मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको आरसीओडी थप
मर्स्याङ्दी समाचार, २० असोज लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने








प्रतिकृया दिनुहोस