मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको आरसीओडी थप

मर्स्याङ्दी समाचार, २० असोज
लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने मिति अर्थात् आरसीओडी थप गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा आरसीओडी थप गरेका २७ जलविद्युत् आयोजनामध्ये मर्स्याङ्दी बेँसी आयोजनालाई पनि समावेश गरेको हो । यी आयोजनाको कुल क्षमता ५ सय ४० दशमलव ४७ मेगावाट रहेको छ । तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेका आयोजनाको भौतिक प्रगति र प्रवद्र्धकले पूरा गरेको दायित्व मूल्यांकन गरी आरसीओडी थप गरिएको प्राधिकरणले जनाएको छ ।
दिव्यज्योति हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरिरहेको आयोजना मर्स्याङ्दी नदीमा आधारित रन अफ रिभर आयोजना हो । यसको बाँध मस्र्याङ्दी गाउँपालिका–८ र ९ तथा पावरहाउस बेँसीशहर नगरपालिका–१० भोटेफाँटमा निर्माण भइरहेको छ ।
आयोजनाको पुरानो आरसीओडी २०७९ असार ६ गते तोकिएको थियो । तर, विभिन्न कारणले निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि प्राधिकरणले पछिल्लो प्रगति र प्रवद्र्धकको दायित्वका आधारमा आरसीओडी थप गरेको हो । करिब ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा पछिल्लो समय निर्माणलाई तीव्रता दिइएको छ । आयोजनाका लागि सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानीको सम्झौता भएको छ ।
हाल बाँधस्थलको डिसेन्डर, पावरहाउस, सडक तथा जग्गा व्यवस्थापन लगायतका काम अघि बढिरहेका छन् । इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि इटाली र भारतका कम्पनीसँग समेत सम्झौता गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ ।
आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि ५० मेगावाट विद्युत् थपिनुका साथै स्थानीय तहले रोयल्टी प्राप्त गर्ने, रोजगारी सिर्जना हुने र स्थानीय पूर्वाधार विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विपद् प्रतिकार्यका लागि प्रहरीलाई आरसिडिसीको सहयोग
मर्स्याङदी समाचार, २० असोज विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामग्री

लोकद दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा अधिकारीको उम्मेदवारी
मर्स्याङदी समाचार, २० असोज लमजुङका कलाकार तथा सञ्चारकर्मी अनुज अधिकारीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा

भदौ महिनाको उत्कृष्ट कर्मचारी बने नायब सुब्बा नेत्रबहादुर गुरुङ
मर्स्याङदी समाचार, २० असोज जिल्ला प्रशासन कार्यालय लमजुङले भदौ महिनाको उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा नेत्रबहादुर गुरुङलाई घोषणा गरेको छ ।








प्रतिकृया दिनुहोस