विपद् प्रतिकार्यका लागि प्रहरीलाई आरसिडिसीको सहयोग

मर्स्याङदी समाचार, २० असोज
विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामग्री सहयोग गरिएको छ । लमजुङमा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वाटर लमजुङ, इलाका प्रहरी कार्यालय भोटेवडार र इलाका प्रहरी कार्यालय मञ्जयाङलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको हो ।
प्रहरी कार्यालयहरुलाई विपद्का बेला खोज तथा उद्धार, प्राथमिक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि आवश्यक विभिन्न सामग्री प्रदान गरिएको आरसिडिसिका बजार संयोजक दुर्गाप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । बजार संयोजक ढुङ्गानाका अनुसार प्रत्येक कार्यालयलाई तीनवटा त्रिपाल, ६ जोर गमबुट, ६ सेट पञ्जा, तीनवटा गल, दुईवटा बेल्चा, दुईवटा गैँटी, दुईवटा डोरी, छ वटा हेल्मेट, एउटा फायर एक्स्टिङ्ग्विसर, दुईवटा बाल्टिन, चारवटा लाइफ ज्याकेट र एउटा काठ काट्ने मेसिन प्रदान गरिएको छ ।
प्रति कार्यालय ९८ हजार ८ सय ३० रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको हो । तीनवटै कार्यालयलाई गरी कुल २ लाख ९६ हजार ४ सय ९० रुपैयाँ बराबरको विपद् व्यवस्थापन सामग्री सहयोग गरिएको आरसिडिसिले जनाएको छ । विपद्का समयमा स्थानीयस्तरमै उद्धार तथा व्यवस्थापनका लागि आवश्यक सामग्रीको उपलब्धता सहज बनाउने र प्रहरीको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामग्री सहयोग गरिएको जनाइएको छ ।
बाढी, पहिरो, आगलागी तथा अन्य प्राकृतिक विपद्का समयमा सुरक्षाकर्मीले उद्धार तथा राहतमा प्रत्यक्ष रूपमा खटिनुपर्ने भएकाले यस्ता सामग्रीले तत्काल उद्धार तथा खोज कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लोकद दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा अधिकारीको उम्मेदवारी
मर्स्याङदी समाचार, २० असोज लमजुङका कलाकार तथा सञ्चारकर्मी अनुज अधिकारीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा

मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको आरसीओडी थप
मर्स्याङ्दी समाचार, २० असोज लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने

भदौ महिनाको उत्कृष्ट कर्मचारी बने नायब सुब्बा नेत्रबहादुर गुरुङ
मर्स्याङदी समाचार, २० असोज जिल्ला प्रशासन कार्यालय लमजुङले भदौ महिनाको उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा नेत्रबहादुर गुरुङलाई घोषणा गरेको छ ।








प्रतिकृया दिनुहोस