चाडपर्व लक्षित बजार अनुगमन तीव्र, बेसीशहरका १० व्यवसायको निरीक्षण

मर्स्याङदी समाचार, २३ असोज
चाडपर्वलाई लक्षित गर्दै लमजुङको बेसीशहर नगरपालिका–८ मा बजार अनुगमन भएको छ । अनुगमनका क्रममा किराना तथा स्टोर्स, होटल तथा खाजाघर, दालमोठ उद्योग, बेकरी र चटपट पसल गरी १० वटा व्यवसायको निरीक्षण भएकोे हो ।
आर्थिक वर्ष २०८३÷८४ को ११औँ पटकको बजार अनुगमन चाडपर्व लक्षित चौथो पटकको अनुगमन रहेको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले बताउनु भयो । उहाँका अनुसार अनुगमन गरिएका व्यवसायमध्ये किराना तथा स्टोर्स ६ वटा, होटल तथा खाजाघर, दालमोठ उद्योग, बेकरी र चटपट पसल एउटा÷एउटा रहेका छन् ।
एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, बेसीशहर नगरपालिकाका प्रतिनिधि रेशमबहादुर घिमिरे, जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि अमृत श्रेष्ठ तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले व्यवसायमा राखिएका वस्तुको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, सरसफाइको अवस्था, खाद्यवस्तुको गुणस्तर तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो भने व्यवसायीले विगतका अनुगमनमा दिइएका निर्देशन पालना गरेको पाइएको भए पनि केही व्यवसाय नगरपालिका कार्यालयमा सूचीकृत नभएको देखिएकाले तत्काल सूचीकृत हुन निर्देशन दिइएको छ । साथै, व्यवसायीलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षाका विषयमा आवश्यक सुझावसमेत प्रदान गरिएको छ ।
चाडपर्वका समयमा बजारमा हुन सक्ने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन समितिले जनाएको छ ।

नेपाली सेनाका १७० जनालाई ट्राफिक सचेतना
मर्स्याङदी समाचार, २३ भदौ लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक नियमको पालना सम्बन्धमा नेपाली सेनाका कर्मचारीलाई लक्षित गरी ट्राफिक सचेतनामूलक

विपद् प्रतिकार्यका लागि प्रहरीलाई आरसिडिसीको सहयोग
मर्स्याङदी समाचार, २० असोज विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामग्री

लोकद दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा अधिकारीको उम्मेदवारी
मर्स्याङदी समाचार, २० असोज लमजुङका कलाकार तथा सञ्चारकर्मी अनुज अधिकारीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा






प्रतिकृया दिनुहोस