नेपाली सेनाका १७० जनालाई ट्राफिक सचेतना

मर्स्याङदी समाचार, २३ भदौ
लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक नियमको पालना सम्बन्धमा नेपाली सेनाका कर्मचारीलाई लक्षित गरी ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बेसीशहर–१ उदिपुरस्थित चण्डीप्रसाद गण श्रीस्वाँरा ब्यारेक सुरक्षा गुल्ममा कार्यक्रम भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतमबहादुर खत्रीले सहजीकरण गर्नुभएको थियो कार्यक्रममा बिल्लादार ग्रेड–३ का ५९ जना प्रशिक्षार्थी, सैन्य आधारभूत तालिमका १०० जना प्रशिक्षार्थी तथा ११ जना प्रशिक्षक गरी नेपाली सेनाका १७० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सवारी तथा यातायात व्यवस्था ऐन, ट्राफिक नियम, सडकको सुरक्षित प्रयोग, ट्राफिक सङ्केत तथा बत्तीको पालना, जेब्रा क्रसिङको प्रयोग र सवारी चलाउँदा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएको थियो । साथै, सडक पेटीको प्रयोग गर्ने, सडकमा हिँड्दा दायाँ किनारबाट हिँड्ने, तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाउने र सवारी चालक अनुमतिपत्र प्राप्त गरेपछि मात्र सवारी चलाउने विषयमा सचेत गराइएको थियो ।
त्यसैगरी, सवारीसाधनको स्वरुप परिवर्तन नगर्न, रक्षात्मक ड्राइभिङ (डिफेन्सिभ ड्राइभिङ) को अभ्यास अपनाउन तथा सवारी दुर्घटनाका कारण र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराएको जिट्राप्रक का प्रमुख प्रनानि गौतमले बताउनु भयो । उहाँका अनुसार ट्राफिक नियमको पालना गर्दै जिम्मेवार र सभ्य नागरिकको परिचय दिनुपर्नेमा समेत जोड दिइएको थियो ।
कार्यक्रममा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएको देखेमा वा सवारी दुर्घटना भएको अवस्थामा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि आग्रह गरिएको थियो । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सचेतनामूलक कार्यक्रमले नेपाली सेनाका प्रशिक्षार्थी तथा कर्मचारीलाई सडक सुरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, बेसीशहरका १० व्यवसायको निरीक्षण
मर्स्याङदी समाचार, २३ असोज चाडपर्वलाई लक्षित गर्दै लमजुङको बेसीशहर नगरपालिका–८ मा बजार अनुगमन भएको छ । अनुगमनका क्रममा किराना तथा स्टोर्स, होटल तथा

विपद् प्रतिकार्यका लागि प्रहरीलाई आरसिडिसीको सहयोग
मर्स्याङदी समाचार, २० असोज विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामग्री

लोकद दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा अधिकारीको उम्मेदवारी
मर्स्याङदी समाचार, २० असोज लमजुङका कलाकार तथा सञ्चारकर्मी अनुज अधिकारीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा






प्रतिकृया दिनुहोस