Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

गुरुङ समुदायको परम्परा जोगाउँदै बुद्धिप्रसादले बनाए १३ चर्खा

SITENAME

मर्स्याङदी समाचार, ३० असोज
लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका बुद्धिप्रसाद गुरुङले भेडाको ऊनबाट धागो कात्न प्रयोग गरिने १३ वटा चर्खा निर्माण गरी बिक्री गर्नुभएको छ। नेपाल आदिवासी जनजाति महासंघले प्रतिचर्खा पाँच हजार रुपैयाँका दरले १३ वटा चर्खा खरिद गरेको हो। ती चर्खाको कुल मूल्य ६५ हजार रुपैयाँ रहेको छ ।


नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा गत भदौ १० गतेदेखि असोज १३ गतेसम्म भुजुङमा सञ्चालन भएको राडीबख्खु बुन्ने तालिममा सहभागी १३ जनालाई उक्त चर्खा प्रदान गरिएको क्व्होलासोथार गाउँपालिकाकी पालिका सदस्य तथा स्थानीय हेमन्त गुरुङले जानकारी दिनुभयो ।


गुरुङ समुदायमा भेडाको ऊनबाट धागो तयार गरी राडीबख्खु बुन्ने परम्परागत सीप र कला प्रचलित छ । यसका लागि चर्खाको प्रयोग गरिन्छ । परम्परागत सीपमा आधारित हस्तकलालाई निरन्तरता दिन र स्थानीय स्रोतसाधनको उपयोग गर्न चर्खाको महत्वपूर्ण भूमिका रहन्छ ।


तालिममा सहभागीलाई चर्खा प्रदान गरिएपछि उनीहरुलाई सिकेको सीप व्यवहारमा उतार्न तथा राडीबख्खु बुन्ने कामलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले गुरुङ समुदायको मौलिक कला, संस्कृति र परम्परागत सीप संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।


स्थानीयस्तरमै चर्खा निर्माण गरी बिक्री गरिनुले परम्परागत सीपको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि सहयोग पुगेको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङमा ७१औँ प्रहरी दिवस मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित

मर्स्याङदी समाचार, ३० असोज ७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको

SITENAME

७१औँ प्रहरी दिवसमा लमजुङका प्रहरी प्रमुख बस्नेत पुरस्कृत

मर्स्याङदी समाचार, ३० असोज जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत पुरस्कृत हुनुभएको छ । ७१औँ

SITENAME

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान

मर्स्याङदी समाचार, ३० असोज नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको

↑