जनकल्याण सहकारीको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन

मर्स्याङदी समाचार, २५ असोज
लमजुङ सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानबाट वित्तिय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा क्या. चित्रबहादुर गुरुङ चयन हुनुभएको छ । संस्थाको सातौँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनबाट समितिको उपाध्यक्षमा पुर्णसिंङ गुरुङ चयन हुनुभएको छ भने सचिवमा लक्ष्मी घले र कोषाध्यक्षमा ज्योती गुरुङ चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुवेदार नरबहादुर गुरुङ, लोकबहादुर घले, टकबहादुर गुरुङ, कमला गुरुङ र गमबहादुर घले चयन हुनुभएको छ ।
यसैगरी साकोसको लेखा समिति संयोजकमा बेलबहादुर गुरुङ चयन हुनुभएको छ भने लेखा समिति सदस्यमा गौबहादुर गुरुङ र हिमबहादुर गुरुङ चयन हुनुभएको छ । शनिवार संस्थाको ३० औ साधाराण सभासँगै सातौँ अधिवेशन भएको हो । संस्थाको विधान अनुसार नव निर्वाचित समितिको कार्यकाल चार वर्षको रहने साकोसले जनाएको छ ।

सुन्दरबजारमा परम्परागत चार पिर्के रोटेपिङ सञ्चालनमा
खुशी माया गुरुङ, २५ असोज लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत चार पिर्के रोटेपिङ

बुढीगण्डकीमा लेदोसहितको बाढी, ४० घर र दुई पक्की पुल बगाएको प्रारम्भिक विवरण
मर्स्याङदी समाचार, २५ असोज गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदीमा आइतबार बिहान आएको लेदोसहितको बाढीले

घलेगाउँ पर्यटन व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा सम्पन्न
मर्स्याङदी समाचर, २५ असोज नेपालमा ग्रामीण घरबास (होमस्टे) पर्यटनको सुरुवात र प्रवर्दनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको लमजुङको घलेगाउँमा घलेगाउँ







प्रतिकृया दिनुहोस