Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

दसैँमा शान्ति सुरक्षा कायम राख्न लमजुङ प्रशासनको आग्रह

SITENAME

मर्स्याङदी समाचार, ३० असोज
नेपालीहरुको महान् पर्व बडादसैँलाई शान्तिपूर्ण र मर्यादित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लावासीलाई आग्रह गरेको छ । चाडपर्वका समयमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सामाजिक सद्भाव कायम राख्न र गैरकानुनी गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको हो ।


जिल्ला प्रशासन कार्यालय लमजुङले एक विज्ञाप्ती जारी गर्दै कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्यमा सामान बिक्री गर्ने, म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्री वितरण गर्ने कार्य नगर्न आग्रह गरेको छ ।


त्यस्तै, खाद्य पदार्थमा अखाद्य रङ मिसावट गर्ने, सवारीसाधनमा तोकिएभन्दा बढी भाडा असुल्ने, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी होहल्ला गर्ने, आतिसबाजी तथा पटका पड्काउने, जुवातास खेल्ने र खेलाउने जस्ता गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ ।


कार्यालयले चोरी, ठगी, लागू पदार्थ सेवन, ओसारपसार तथा बेचबिखन लगायतका गैरकानुनी गतिविधि नगर्न र सामाजिक शान्ति खलल पु¥याउने कार्यबाट टाढा रहन पनि आग्रह गरेको छ । यस्ता गतिविधि गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।


गैरकानुनी गतिविधि भइरहेको देखेमा वा त्यस्तो जानकारी पाएमा नजिकको प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी विज्ञाप्तीमा बडादसैँको अवसरमा जिल्लावासीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र प्रगतिको कामनासमेत गरिएको छ ।

 
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङमा ७१औँ प्रहरी दिवस मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित

मर्स्याङदी समाचार, ३० असोज ७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको

SITENAME

७१औँ प्रहरी दिवसमा लमजुङका प्रहरी प्रमुख बस्नेत पुरस्कृत

मर्स्याङदी समाचार, ३० असोज जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत पुरस्कृत हुनुभएको छ । ७१औँ

SITENAME

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान

मर्स्याङदी समाचार, ३० असोज नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको

↑