Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान

SITENAME

मर्स्याङदी समाचार, ३० असोज
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । बेसीशहर नगरपालिका–७ स्थित बीपी स्मृति भवनमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुबीच दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको हो ।


तरुणदल बेसीशहर नगर समितिका अध्यक्ष अमृत गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस लमजुङका जिल्ला सभापति डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा शुभकामना व्यक्त गर्दै सांसद एवं जिल्ला सभापति गुरुङले चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले चाडपर्वलाई आपसी मेलमिलाप र सद्भावका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सहभागीहरुले एकअर्कामा शुभकामना साटासाट गर्दै चाडपर्वले समाजमा एकता, सहकार्य र सद्भाव कायम गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरेका थिए ।


नगर समितिका उपाध्यक्ष भीमसेन अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव ज्योति गुरुङले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङमा ७१औँ प्रहरी दिवस मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित

मर्स्याङदी समाचार, ३० असोज ७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको

SITENAME

७१औँ प्रहरी दिवसमा लमजुङका प्रहरी प्रमुख बस्नेत पुरस्कृत

मर्स्याङदी समाचार, ३० असोज जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत पुरस्कृत हुनुभएको छ । ७१औँ

SITENAME

लमजुङ साइक्लिङ संघद्वारा शुभकामना आदानप्रदान

मर्स्याङदी समाचार, ३० असोज लमजुङ साइक्लिङ संघले नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान

↑