७१औँ प्रहरी दिवसमा लमजुङका प्रहरी प्रमुख बस्नेत पुरस्कृत

मर्स्याङदी समाचार, ३० असोज
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत पुरस्कृत हुनुभएको छ । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले बस्नेतलाई नगद सहित पुरस्कृत गरेको हो ।
नेपाल प्रहरीको कार्यसम्पादनका विविध क्षेत्रमा सक्रिय रही शान्ति–सुरक्षा कायम गर्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न निर्वाह गरेको सराहनीय भूमिका, कर्तव्यनिष्ठा, अनुशासन एवं संगठनप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै प्रनाउ बस्नेतलाई पुरस्कृत गरीएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पोखरामा आयोजित एक औपचारिक कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमूख एवं प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले प्रनाउ बस्नेतलाई सम्मानपत्रसहित पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
यसैविच प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय मातहत पनि अन्य नौ जना प्रहरीहरु पुरस्कृत भएका छन् । कार्यसम्पादनको आधारमा विभिन्न दर्जामा रहेका प्रहरीहरुलाई नगदसहित पुरस्कृत गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पुरस्कृत हुनेहरुमा दुईजना प्रहरी निरिक्षक, एकजना प्रहरी सहायक निरिक्षक, एकजना प्रहरी हवल्दार, तीनजना प्रहरी सहायक हवल्दार र दुईजना प्रहरी जवान रहेका छन् ।
पुरस्कृत हुने प्रहरी निरिक्षकहरुमा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमूख एवं प्रहरी निरिक्षक धुर्वप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक ज्ञानेन्द्र क्षेत्री रहेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरिक्षक चन्द्रबहादुर गुरुङ, प्रहरी हवल्दार निर्मला कुमारी श्रेष्ठ रहेका छन् ।
त्यस्तै पुरस्कृत प्रहरी सहायक हवल्दारहरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार बाबुकाजी अधिकारी, अस्थायी प्रहरी पोष्ट कृतिपुरमा कार्यरत धनबहादुर पुलामी मगर, अस्थायी ट्राफिक प्रहरी पोष्ट खुदीमा कार्यरत बिमल शर्मा रहेका छन् । त्यसैगरी पुरस्कृत हुने जवानहरुमा जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान विन्दु घले र प्रहरी पोष्ट मालिङमा कार्यरत प्रहरी जवान रामबहादुर नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङमा आयोजित विशेष औपचारिक कार्यक्रममा उत्कृष्ट प्रहरीहरुलाई पुरस्कार वितरण गरीएको थियो । कार्यक्रमका प्रमूख अतिथि एवं प्रमूख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले प्रहरीहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
प्रहरी दिवसको अवसरमा प्रदान गरिने सम्मानले प्रहरी संगठनभित्र कर्तव्यनिष्ठा, व्यावसायिकता र सेवाभावका साथ काम गर्ने प्रहरी कर्मचारीलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

लमजुङमा ७१औँ प्रहरी दिवस मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित
मर्स्याङदी समाचार, ३० असोज ७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान
मर्स्याङदी समाचार, ३० असोज नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको

लमजुङ साइक्लिङ संघद्वारा शुभकामना आदानप्रदान
मर्स्याङदी समाचार, ३० असोज लमजुङ साइक्लिङ संघले नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान







प्रतिकृया दिनुहोस