लमजुङमा ७१औँ प्रहरी दिवस मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित

मर्स्याङदी समाचार, ३० असोज
७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङले औपचारिक कार्यक्रम गरी अमर प्रहरीहरुमा श्रद्धाञ्जली, उत्कृष्ट प्रहरी एवं विभिन्न व्यक्तीहरुलाई पनि सम्मान गरेको हो ।
लमजुङ प्रहरीले सुन्दरवजार नगरपालिका–५ का ७५ वर्षिय पूर्व प्रहरी हवल्दार गोपाल केसी र मस्र्याङदी गाउँपालिका–३,का ६८ वर्षिय पूर्व प्रहरी नायव निरिक्षक सुनबहादुर गुरुङलाई पुर्व प्रहरी कर्मचारी जेष्ठ सदस्यको रुपमा दोसल्ला ओढाएर सम्मान गरीएको छ । लामो समयसम्म नेपाल प्रहरीमा आवद्ध भई देश र जनताको निम्ती आफ्नो उर्जावान समय खर्च गरेको भन्दै दुईजनालाई सम्मान गरेको हो । सोहि अवसरमा अमर प्रहरी परिवारको तर्फबाट बेसीशहर–१ की देवीमाया गुरुङ, मस्र्याङदी–९ की मिठुमाया भुजेल र बेसीशहर ९ की सरला अधिकाररी दिक्षित लाई पनि दोसल्लासहित सम्मान गरीएको थियो ।
प्रहरी दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा शान्ती सुरक्षा व्यवस्थापन र कानुनी सचेतनाका लागि साप्ताहिक रेडियो कार्यक्रम मार्फत सहयोग गरेको भन्दै सामुदाकि रेडियो मस्र्याङदीलाई पनि प्रमाण पत्र सहित सम्मान गरेको छ । रेडियो मस्र्याङदीका निर्देशक मिना गुरुङले प्रमाण पत्र ग्रहण गर्नुभएको थियो ।
सोहि कार्यक्रममा प्रहरी दिवसको अवसरमा इप्रका भोटेओडारद्धारा आयोजित निशुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने सुन्तरवजारस्थित नमुना सामुदायिक अस्पताललाई पनि सम्मान पत्र प्रदान गरीएको थियो । नमूना सामुदायिक अस्पतालका प्रमूख हेमन्त श्रेष्ठले सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
त्यसैगरी नेपाल प्रहरी सेवाबाट अवकास लिई हाल विभिन्न सामाजिक सेवामा सक्रिय पूर्व प्रहरी नायव निरिक्षक विरसिँह घले, पूवं प्रहरी सहायक निरिक्षक तिलक बहादुर दुलाल र पूवं प्रहरी सहायक निरिक्षक कमल अधिकारी पनि सम्मानित भएका छन् ।
कार्यक्रममा प्रमूख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, नेपाल पत्रकार महासँघ लमजुङका अध्यक्ष सन्देश पौडेल, पूर्व प्रहरी संगठन लमजुङका अध्यक्ष गंगाबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रहरी निरिक्षक नेत्रबहादुर थापाले स्वागत गर्नुभएको कार्यक्रममा प्रहरी निरिक्षक धुर्वप्रसाद शर्माले प्रहरी महानिरिक्षकको शुभकामना सन्देश बाचन तथा धन्यबाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक चन्द्रकला भट्टराईले गर्नुभएको थियो ।

७१औँ प्रहरी दिवसमा लमजुङका प्रहरी प्रमुख बस्नेत पुरस्कृत
मर्स्याङदी समाचार, ३० असोज जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत पुरस्कृत हुनुभएको छ । ७१औँ

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान
मर्स्याङदी समाचार, ३० असोज नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको

लमजुङ साइक्लिङ संघद्वारा शुभकामना आदानप्रदान
मर्स्याङदी समाचार, ३० असोज लमजुङ साइक्लिङ संघले नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान







प्रतिकृया दिनुहोस