Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

SITENAME

मर्स्याङदी समाचार,५ कात्तिक 

जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले  पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका–९ स्थायी घर भएका अमृतबहादुर अधिकारी रहेका छन  ।  जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनलाई बुधबार बेँसीशहर नगरपालिका–२, भकुण्डे क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।

 

अधिकारीलाई लमजुङ जिल्ला अदालतले पाँच वर्ष छ महिना कैद र तीन लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट फरार भएका थिए । 

 

फरार कैदीको खोजतलास गर्ने क्रममा प्रहरीले अधिकारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई बाँकी कैद भुक्तानका लागि पुनः कास्की कारागार पठाइएको प्रहरी निरीक्षक नेत्रबहादुर थापाले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस
SITENAME

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ

मर्स्याङदी समाचार, ४ कार्तिक  लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

SITENAME

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति

मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

SITENAME

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति

मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

↑