Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बाढी प्रभावित चामे र हुम्डेका ३६ परिवारलाई राहत वितरण

SITENAME

मर्स्याङदी समाचार, २ कार्तिक 
असोज ९ र १० गते मनाङमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । बाढीपछि राहत वितरणका कार्यक्रम प्रायः सदरमुकाम चामेमा केन्द्रित भइरहेका बेला यसपटक राहतको पहुँचबाट टाढा रहेको हुम्डेका प्रभावित परिवारले पनि राहत सामग्री प्राप्त गरेका छन् । 


सन्ना गुरुङ र साथीहरुको पहल तथा सहयोगमा मनाङको चामे र हुम्डेका ३६ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । अभियानअन्तर्गत चामेका २३ परिवारलाई डसना, कम्बल, सिरानी, तन्ना, लत्ताकपडा, स्यानिटरी प्याड तथा शिशुका लागि डाइपर लगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको छ ।


त्यसैगरी, हुम्डेका १३ घरपरिवारलाई डसना, कम्बल, लत्ताकपडा, चामल, भान्सामा प्रयोग हुने भाँडाकुँडा, शिशुका लागि डाइपर तथा बालबालिकाका लागि शैक्षिक सामग्री (स्टेसनरी) वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले, वडा नम्बर ५ का अध्यक्ष विजय गुरुङ तथा चामे गाउँपालिकाका स्वास्थ्य प्रमुख छोदेन लामाको उपस्थिति रहेको थियो ।


विपद्का कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी गरिएको यस सहयोगले उनीहरुको दैनिकी सहज बनाउन केही राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी, यसअघि राहत वितरणको पहुँचमा पुग्न कठिनाइ भएको हुम्डेका प्रभावित परिवारसम्म राहत सामग्री पु¥याउनुले विपद्का बेला दुर्गम क्षेत्रका नागरिकलाई समेत सहयोग आवश्यक रहेको सन्देश दिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

अन्नपूर्ण युवा क्लब छापा पुरुष तथा महिला दुवैतर्फ कन्यादेवी कपको च्याम्पियन

मर्स्याङदी समाचार, ४ असोज मर्स्याङदी गाउँपालिका–४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि

SITENAME

छैटौँ भोटेवडार, तार्कुकोट मिनि म्याराथनमा तनहुँका सनम गुरुङ प्रथम

मर्स्याङदी समाचार, १ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेवडारमा आयोजित छैटौँ भोटेवडार तार्कुकोट मिनि म्याराथन २०८३ मा तनहुँका सनम गुरुङ

SITENAME

ट्राफिक प्रमुख खत्री गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरीका रुपमा सम्मानित

मर्स्याङदी समाचार, ३१ असोज  जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतम खत्री ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सम्मानित

↑