छैटौँ भोटेवडार, तार्कुकोट मिनि म्याराथनमा तनहुँका सनम गुरुङ प्रथम

मर्स्याङदी समाचार, १ कार्तिक
लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेवडारमा आयोजित छैटौँ भोटेवडार तार्कुकोट मिनि म्याराथन २०८३ मा तनहुँका सनम गुरुङ प्रथम हुनुभएको छ । उहाँले निर्धारित दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा खोटाङका धिरन राई ३६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो हुनुभयो भने ओखलढुंगाका पृथ्वी राईले ३६ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । त्यस्तै, गोरखाका सरोज गिरीले ३८ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
प्रतियोगितामा १३ वर्षीय सुगम पहारी कान्छा धावकका रुपमा सहभागी हुनुभएको थियो । सुन्दरबजार नगरपालिका–८, लमजुङका पहारीलाई प्रोत्साहनस्वरुप नगद एक हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न स्थानका २४ जना धावक सहभागी भएका थिए । अकला युथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको तार्कुकोटको प्रचारप्रसार गर्नुका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले लिएको छ ।
तार्कुकोटको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने र खेलकुदका माध्यमबाट पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

अन्नपूर्ण युवा क्लब छापा पुरुष तथा महिला दुवैतर्फ कन्यादेवी कपको च्याम्पियन
मर्स्याङदी समाचार, ४ असोज मर्स्याङदी गाउँपालिका–४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि

बाढी प्रभावित चामे र हुम्डेका ३६ परिवारलाई राहत वितरण
मर्स्याङदी समाचार, २ कार्तिक असोज ९ र १० गते मनाङमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । बाढीपछि राहत वितरणका कार्यक्रम प्रायः

ट्राफिक प्रमुख खत्री गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरीका रुपमा सम्मानित
मर्स्याङदी समाचार, ३१ असोज जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतम खत्री ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सम्मानित








प्रतिकृया दिनुहोस