Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

अन्नपूर्ण युवा क्लब छापा पुरुष तथा महिला दुवैतर्फ कन्यादेवी कपको च्याम्पियन

SITENAME

मर्स्याङदी समाचार, ४ असोज
मर्स्याङदी गाउँपालिका–४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब, छापाले जितेको छ । कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ उपाधि जित्दै छापा टोलीले दोहोरो सफलता हात पारेको हो ।


मर्स्याङदी गाउँपालिकाको प्रवद्र्धन तथा वडा नं. ४ को कार्यालयको सह–प्रवद्र्धनमा आयोजित प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ चार टोली सहभागी थिए । 


पुरुषतर्फको फाइनलमा अन्नपूर्ण युवा क्लब, छापाले चन्द्रमा युवा क्लब, थाकनलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। त्यस्तै, महिलातर्फको फाइनलमा आयोजक कन्यादेवी क्लबलाई ३–० गोल अन्तरले हराउँदै अन्नपूर्ण युवा क्लब, छापा च्याम्पियन बन्यो । 


पुरुषतर्फको विजेता अन्नपूर्ण युवा क्लब, छापाले नगद एक लाख १५ हजार १५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। उपविजेता चन्द्रमा युवा क्लब, थाकनले नगद ७५ हजार ७५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । त्यसैगरी,  महिलातर्फको विजेता अन्नपूर्ण युवा क्लब, छापाले नगद २० हजार २० रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता आयोजक कन्यादेवी क्लबले नगद १२ हजार १२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।  


प्रतियोगितामा पुरुषतर्फ कालिका युवा क्लब, आठखेतका मनोज विक सर्वाधिक गोलकर्ता बने। आदित खनाल उत्कृष्ट गोलरक्षक घोषित हुँदा अन्नपूर्ण युवा क्लब, छापाका पुष्कर गुरुङ उत्कृष्ट खेलाडी चुनिए। व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित पुरुष खेलाडीले जनही दुई हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


महिलातर्फ अन्नपूर्ण युवा क्लब, छापाकी सुष्मा गुरुङ सर्वाधिक गोलकर्ता र रोशनी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । आयोजक कन्यादेवी क्लबकी युविना गुरुङ उत्कृष्ट गोलरक्षक बनिन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित महिला खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित मस्र्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष बलबहादुर गुरुङ, क्लबका अध्यक्ष सुब्बा गुरुङ तथा पूर्वअध्यक्ष राजकुमार गुरुङलगायतको उपस्थिति थियो ।


प्रतियोगितालाई निष्पक्ष, मर्यादित र विवादरहित रूपमा सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आयोजकले एन्फा (क्लब) रेफ्री निश्चल गुरुङलाई विशेष धन्यवाद दिएको छ। त्यस्तै, खेलहरूको प्रत्यक्ष प्रसारणमार्फत प्रतियोगितालाई दर्शकमाझ पु¥याएको भन्दै लमजुङ स्पोट्र्सका सञ्चालक तथा कमेन्टेटर सुनिल खनालप्रति पनि आभार व्यक्त गरिएको छ ।


प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था, सहयोगदाता, सहभागी क्लब, खेलाडी, खेलप्रेमी, स्थानीयवासी, स्वयंसेवक तथा शुभेच्छुकप्रति आयोजक कन्यादेवी क्लबले धन्यवाद व्यक्त गरेको छ ।


स्थानीयस्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा प्रवद्र्धन, खेल संस्कृतिको विकास र मिप्रा गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ। खेलकुदका माध्यमबाट स्थानीय युवालाई प्रोत्साहित गर्दै मिप्रालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने  क्लबको प्रतिबद्धता रहेको खेल संयोजक प्रदिप गुरुङले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

बाढी प्रभावित चामे र हुम्डेका ३६ परिवारलाई राहत वितरण

मर्स्याङदी समाचार, २ कार्तिक  असोज ९ र १० गते मनाङमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । बाढीपछि राहत वितरणका कार्यक्रम प्रायः

SITENAME

छैटौँ भोटेवडार, तार्कुकोट मिनि म्याराथनमा तनहुँका सनम गुरुङ प्रथम

मर्स्याङदी समाचार, १ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेवडारमा आयोजित छैटौँ भोटेवडार तार्कुकोट मिनि म्याराथन २०८३ मा तनहुँका सनम गुरुङ

SITENAME

ट्राफिक प्रमुख खत्री गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरीका रुपमा सम्मानित

मर्स्याङदी समाचार, ३१ असोज  जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतम खत्री ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सम्मानित

↑