Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

पूर्व विद्यार्थी सरिता र रीताद्वारा विद्यालयलाई ५० हजारको कम्प्युटर सहयोग

SITENAME

मर्स्याङदी समाचार, ११ कार्तिक 
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, जगतस्थित सरस्वती विद्या मन्दिर रामकुमारी आधारभूत विद्यालयका पूर्व विद्यार्थी सरिता गुरुङ र रीता गुरुङले विद्यालयलाई कम्प्युटर सहयोग गरेका छन् । हाल जापानमा बस्दै आएका गुरुङ दिदीबहिनीले विद्यालयलाई करिब ५० हजार रुपैयाँ मूल्य बराबरको एक थान कम्प्युटर प्रदान गरेका हुन् । जगत घर भएका सरिता र रीता स्थानीय समाजसेवी खुसीराम गुरुङका छोरी हुन् ।


पूर्व विद्यार्थीबाट प्राप्त कम्प्युटरले विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रविधिमैत्री शिक्षण सिकाइलाई अघि बढाउन कम्प्युटरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालयले लिएको छ ।


कम्प्युटर हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समिति तथा टोल सुधार समितिका अध्यक्ष बगबहादुर गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष गुरुङले पूर्व विद्यार्थीले आफ्नो विद्यालयप्रति देखाएको माया, सद्भाव र सहयोगको प्रशंसा गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरे ।


त्यसैगरी, पूर्व विद्यार्थी सरिता र रीताले आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउने उद्देश्यले कम्प्युटर सहयोग गरेको जनाइएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस् भन्ने अपेक्षासहित उनीहरुले सहयोग गरेका हुन् ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पञ्चबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर गुरुङ, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङको भुस्मेमा भट्टको व्यावसायिक खेती, उत्पादन घट्यो

खुशी माया गुरुङ, ११ कार्तिक  लमजुङको मर्स्याङदी गाउँपालिका–८ स्थित भुस्मे गाउँमा चिनियाँ र कालो भट्टको व्यावसायिक खेती हुँदै आएको छ । परम्परागत

SITENAME

दशैँ अवधि भर लमजुङ ट्राफिकद्वारा १ लाख ९४ हजार राजस्व संकलन

मर्स्याङदी समाचार, १० कार्तिक दशैँ अवधिभर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारीसाधन चेकजाँचलाई तीव्रता दिँदै विभिन्न ट्राफिक नियम उल्लङ्घन

SITENAME

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

मर्स्याङदी समाचार,५ कात्तिक  जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

↑